को हु म?

अनलाइन दर्पण 2019-04-10
img

  हिमलाल पूरी

चिप्लो लपक्क घस्दिन्छु , माछा ठुला समाउँछु ।
घर गाडी किनेको छु, अझै धेर कमाउँछु ।।१३।।

गरेर खुनको खेती, जुटाएको भनौँ धन ।
झारेर सबको सेखी, उठएँ माथि जीवन ।।१४।।

हिजोको हेर यो खाते , धनाढ्य रातमै भयो ।
अचम्मको भयो बानी, सर्वभक्षी हुँदो भयो ।।१५।।

सम्पत्तिमा यहाँ मैले, गर्नु छैन कुनै खती ।
दान पुण्य कहाँ गर्नु, मर्दा लान्छु भए जति ।।१६।।

चैत्र २७ काठमाडौं

सम्बन्धित समाचार

Advertisement