उपप्राध्यापक रसिकको मर्मस्पर्सी गजल ‘जति कुदाउँ जीन्दगी चिहानसम्म मात्र हो’ सार्वजनिक(भिडियाे सहित)

अनलाइन दर्पण 2023-05-13
img

भक्तपुर, २६ बैशाख २०८०

भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ । १३ बर्षदेखि डायरीमा सिमित रमेश रसिक पौडेलका गजल पनि डायरीबाट बगेर सबै सामू आउँन सफल भएको छ । रसिकले १३ वर्ष अघि लेखेको ‘जति निदाऊ रातमा…’ सबैको गजलका रूपमा श्रोता दर्शक सामू सार्वजनिक भएको हो ।

रामेछापको सैपू जन्मस्थल भएका गजलकार रसिक बाल्यकाल बाटै साहित्यका अनुरागी हुन् । भक्तपुरको कटुन्जेमा रहेर मोडर्न कलेज र त्यसपछि चाणक्य कलेजको सस्थापक सदस्य एवं निर्देशकको जिम्मेवारी बहन गर्दा व्यवस्थापन र शिक्षणको चापाचाप बीच पनि उनले थुप्रै साहित्य सिर्जना गरेका छन् । विशेषगरी गजल विधामा कलम चलाउन रुची राख्ने रसिक बिभिन्न साहित्यिक सस्थासंग आवद्ध रही गजन बाचन कार्यक्रममा सहभागी हुने मौका चुकाउँदैनन् ।

काठमाडौंको मीन भवन स्थित नेपाल कमर्स क्याम्पसमा पनि प्राध्यापन गरेका रसिक हाल पब्लिक युथ क्याम्पसमा उप प्राध्यापक रहेका छन् । पब्लिक युथमा पुगेपछि भने उनका गजलले पनि पब्लिस हुने मौका पाएका छन् ।

सरोज प्याकुरेलको हृदयस्पर्शी संगीत र कमल बिष्टको जादुमयी आवाजमा उनको गजल सार्वजनिक भएको छ । यसलाई युट्युब मार्फत म्युजिक भिडिओमा हेर्न समेत सकिन्छ । विजय गिरी, प्रकाश र मिना सापकोटाको बेजोड अभिनय एवं सरोज प्याकुरेलको भिडिओ निर्देशनले गजललाई अझ जीवन्त बनाएको देखिन्छ ।

गजलका लागि यो लिंकमा जानुहोस्

सम्बन्धित समाचार

Advertisement