Outstanding Contributor Award काे उपाधि क्यासिनो माजोङ्गलाई

अनलाइन दर्पण 2024-02-10
img

काठमाडौं । सोल्टि होटल परिसरमा संचालनमा रहेको क्यासिनो माजोङ्गले “Outstanding Contributor to Tourism Development in Nepal” अवार्ड पाएको छ। ९ फेब्रुअरी २०२४ मा मुम्वईमा सम्पन्न भएको सातौं हस्पिट्यालिटी इण्डिया ट्राभल अवार्ड समारोहमा क्यासिनो माजोङ्ग उक्त अवार्डबाट सम्मानित भएको हाे ।

भारतका सामाजिक न्याय तथा अधिकार मन्त्रालयका माननीय राज्य मन्त्री Shri Ramdas Alhawale, भारतका लोकसभाका माननिय संसद Anind Ganpat Sawant, Shri Sunil Chopara (पुर्व मेयर, London Borough of Southwark-United Kingdoom) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा Hospitality India Coffee Table Book विमाेचन गरिएको थियो । उक्त Magazine ले भारत तथा बिश्वका Hospitality Sector लाई जोड्ने छ र सो Coffee Table Book मा क्यासिनो माजोङ्ग इन्टरटेनमेन्ट प्रा.ली.का अध्यक्ष तथा प्रवन्ध निर्देशक श्री विनोद श्रेष्ठ को Interview पनि समावेश गरिएको छ।

क्यासिनो माजोङ्गका प्रवन्ध निर्देशक श्री विनोद श्रेष्ठ बिगत २५ बर्ष देखि पर्यटन ब्यवसायमा आबद्द हुनुहुन्छ। क्यासिनो, होटेल तथा रिजोर्टस्, ट्राभल लगायतका ब्यवसायमा वहाँको लगानी रहेको छ।

भारतको नयाँ दिल्लीमा आयोजित Hospitality Award कार्यक्रम मा यस अघि सन् २०१९, २०२२ र २०२३ मा Best Casino in South Asia र सन् २०१८ मा Best Casino in Nepal को अवार्ड बाट समेत सम्मानित भैसकेको छ।

सम्बन्धित समाचार

Advertisement