देबी पराजुलीको ‘कहिले म जितमा रोए’ सार्वजनिक (भिडियोसहित)

अनलाइन दर्पण 2023-10-08
img

गीतकार देबी पराजुलीको रचनामा अन्जु पन्तको स्वर, ज्योति प्रकाशको संगीत रहेको "कहिले म जितमा रोए" बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवराज वाइवाको निर्देशन रहेको उक्त गीत Devi parajuli युटुब च्यानल मार्फत बजारमा आएको हो। 

यस गीतमा अझै पनि गाउँ समाजमा छोराछोरी प्रतिको बिभेदलाई देखाउन खोजिएको पाइन्छ । अझै पनि छोरी जन्मनु महिलाको गल्ती देखाउने हाम्रो समाज दोस्रो बिवाह गरेर भए पनि छोरा जन्माए मात्र बंश थाम्ने सोचाइ लाई गीत संगीत मार्फत उजागर गर्न खोजिएको पाइन्छ । 

केही समय अगाडि गाउँ घरमा छोरी जन्मदाको पिडालाई र छोराछोरी बीचको बिभेदलाई मनोबैज्ञानिक ढंगबाट भगीतले ब्यक्त गर्न खोजेकोछ । 

देबी पराजुलीका दर्जनौ गीतहरु बजारमा आएका छ्न । उहाँ निजामती कर्मचारी पनि हुनुहुन्छ । उहाँका लेख रचनाहरु समय समयमा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा पनि देख्न सकिन्छ ।

अर्जुन रत्न वीकरी र देवी पराजुलीको मूख्य अभिनय रहेको म्युजिक  भिडियोमा अतिथि कलाकारमा इस्टु कार्की र भगवान भण्डारी रहेका छन ।

सम्बन्धित समाचार

Advertisement