सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी

अनलाइन दर्पण 2024-02-02
img

श्रीकृष्ण बुढाथोकी, माघ १९ । मध्यपुरथिमि नगरपालिका ३, गठ्ठाघर स्थित सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी (Educational Fair 2080) सम्पन्न भएको छ । विद्यालयको विज्ञान तथा प्रविधि क्लबको आयोजना र इलेक्ट्रो टेक संस्थाको सहयोग रहेको बिहीबार सम्पन्न उक्त शैक्षिक मेला प्रदर्शनीमा विज्ञान तथा प्रविधि, स्वास्थ्य, गणितसँग सम्बन्धित विषयमा विद्यार्थीहरुले प्रयोगात्मक, खोजमुलक र अनुसन्धानबाट सिर्जना गरेका सामग्रीहरुको प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मध्यपुरथिमि नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्णहरि आचार्य र विशेष अतिथि मध्यपुर प्याब्सनका अध्यक्ष निलेस आचार्यले शैक्षिक मेला प्रदर्शनीको बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

जुनियर र सिनियर समूह सम्मिलित शैक्षिक प्रदर्शनी मेलामा २६ वटा स्टलहरु राखिएको थियो । उक्त स्टलहरुको भक्तपुर जिल्लाका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले अवलोकन गरेका थिए । आन्तरिक प्रतिस्पर्धा समेत रहेको उक्त शैक्षिक प्रदर्शनीमा प्रदर्शन गरिएको सामग्रीहरुको नियर्णायक मण्डलीद्वारा अवलोकन गरी अंक पदान गरेर उत्कृष्ट समूह छनौट गरिएको थियो । उत्कृष्ट हुने समूहलाई ट्रफि र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुन्दर बस्नेत, प्रिन्सिपल तेजकृष्ण श्रेष्ठ, शिक्षकशिक्षिका, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Advertisement