सशस्त्र प्रहरीद्वारा २ लाख मूल्य बराबरको कुखुराको चल्ला नष्ट

अनलाइन दर्पण 2018-03-14
img

रबिन्द्र यादव/ नवलपरासी पश्चिम। नवलपरासीको प्रतापपुर गाउपालिका-५ धर्मौली नाकाबाट अबैध रुपमा ल्याउदै गरेको ढाई लाख बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बोर्डर अाउट पोष्ट गुठी परसौनीले बुधवार क्वारेन्टाइन चेक पोष्ट महेशपुरका प्रमुख खणक बहादुर सिंह, स्थानिय र पत्रकारहरुको रोहबरमा चल्ला नष्ट गरेको हो । 

बुधवार विहान साढे नौ बजे धर्मौली गाउँतिर  सशस्त्र प्रहरीका ईन्सपेक्टर तेज बहादुर बुढाथोकीको  नेतृत्वमा गस्ती गएको सशस्त्र प्रहरीको टोलीलाई देखेर कुखुरा चल्ला तस्करहरु २५ कार्टुन कुखुराको चल्ला फालेर भागेका थिए । 

विभिन्न संचार माध्यम बाट जिल्लाको दक्षिणी नाकाबाट प्रहरीको मिलोमतोमा अबैध रुपमा कुखुराको चल्ला भित्र्याउने गरिएको खबर प्राप्त पछि सशस्त्र प्रहरीले कडाइ गरेको थियोे ।

सम्बन्धित समाचार

Advertisement