किसानलाई ७५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर

अनलाइन दर्पण 2021-06-14
img

खोटाङ।  जिल्लाको  खोटेहाङ गाउँपालिकाले किसान तथा कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कृषि तथा पशु कार्यक्रमअन्तर्गतको बजेट तथा कार्यक्रमबाट ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले किसान तथा कृषक समूहलाई ११ वटा हाते ट्रयाक्टर उपलब्ध गराएको हो । 

कृषि पेसालाई यान्त्रिकीकरण गर्दै व्यावसायिकीकरण गर्ने लक्ष्यसाथ खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखास्थित हरियाली कृषक समूह, वडा नम्बर ८ सिमपानीस्थित बगैँचा बहुउद्देश्यीय कृषक समूह, वडा नम्बर ८ सिमपानीस्थित खतिवडा बहुउद्देश्यीय कृषि फार्म, वडा नम्बर ८ कै सिमपानीस्थित शुभलक्ष्मी कृषक समूह, वडा नम्बर १ लिकुवापोखरीस्थित बंछाल कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरिएको छ ।

पछिल्लो समय जमिन खनजोतका लागि जिल्लाका किसान हाते ट्रयाक्टरप्रति आकर्षित हुन थालेका छन् । गोरु नारेर हलोले जोतिने कतिपय खेतबारीमा हाल हाते ट्रयाक्टर गुडाउन थालिएको छ।  

सम्बन्धित समाचार

Advertisement