हलगोरु पाल्ने किसानलाई १० हजार

अनलाइन दर्पण 2023-07-15
img

भक्तपुर, २९ असार २०८०

लमजुङको सदरमुकामसमेत रहेको बेँसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ ।

नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।

अगामी आर्थिक वर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्यांक संकलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताए ।

गाउँका खेतबारी विभिन्न अन्नबालीले हराभरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषकलाई भत्ताको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

अहिले गाँउघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरु संरक्षण र खेत बाँझिन नदिनका लागि गोरुपालनमा भत्ताको कार्यक्रम ल्याईएको हो ।

गोरु पाल्दा सामन्य परिवारलाई  मिल्छ । घरको गोरु घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुन्छ भने गोरुको मल खेतबारीमा समेत प्रयोग गर्न पाइन्छ । घरमै गोरुपालन गरीयो भने किसानका खेतबारी बाँझो पनि हुँदैन भने अरुको खेत जोत्दा आम्दानी पनि राम्रै हुन्छ ।

नगरपालिकाले किसानलाई अनुदानमा ६ सय वटा हाते ट्याक्टर पनि वितरण गरीसकेको छ ।

हल गोरु हराउदै गएको अवस्थामा हाते ट्याक्टर प्रयोगम आउन थाले पछि गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जाने क्रम बढेकाले नगरपालिकाले हल गोरुको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुख पदमा गुरुङले बताइन् ।

सम्बन्धित समाचार

Advertisement