आइन्स्टाइनको भ्रमण डायरी : महान मानवतावादी व्यक्तित्वको घिनलाग्दो नश्लवादी मानसिकता

अनलाइन दर्पण 2018-06-14
img

सन् १९२० को दशकमा अल्बर्ट आइन्स्टाइन एशियाको विभिन्न स्थानमा भ्रमणमा थिए । त्यो भ्रमणको क्रममा उनले गरेका अवलोकनलाई उनले नीजि डाइरीमा टिपेका थिए । उक्त डायरी अहिले अङ्ग्रेजीमा प्रकाशन भएको छ । 

डायरीको प्रकाशनले यी प्रतिष्ठित सैद्धान्तिक भौतिकशास्त्री र मानव अधिकारवादी व्यक्तित्वले भ्रमणका बेला भेटिएका मानिसहरुबारेमा नश्लवादी मानसिकता राखेको खुलासा गरेको छ । डायरीमा आइन्स्टाइनमा विशेष गरेर चिनियाँ जाति प्रति बलियो रङ्गभेदी मानसिकता देखिन्छ ।

सन् १९२२ अक्टोबर र १९२३ मार्चबीचमा लेखिएका डायरीका टिपोटहरुबाट यी वैज्ञानिकको भ्रमण, विज्ञान, दर्शनशास्त्र र कलाबारेमा रहेको चाखसँग साक्षात्कार हुन्छ ।

कुनै समय नश्लभेदलाई ‘गोराहरुको एक रोग’ को रुपमा व्याख्या गरेका यी वैज्ञानिकले चीनमा आफूले भेटेका मानिसहरुलाई “मेहनती, फोहोरी, मन्दबुद्धी” भनेका छन् । उनले ‘चिनियाँहरु खाना खादाँ टेबलमा नबस्ने तर पत्कर जङ्गलमा भने युरोपेलीहरुझैं आनन्दले बस्छन्’ भनि लेखेका छन् ।

चिनियाँहरुको ‘धेरै सन्तान’ र ‘प्रजनन क्षमता’ उल्लेख गरिसके पछि उनी चिनियाँहरुका बारेमा थप यस्तो भन्छन्, “यही हिसाबमा यी चिनियाँहरुले एक दिन अन्य जातिहरुलाई अल्पमतमा पार्नेछन् । त्यो अवस्था निक्कै कारुणीक हुनेछ । हामीहरु जस्ताका लागि यो सोचमात्रै पनि बयान गर्न नसक्ने खालको डरलाग्दो छ ।”

क्यालिफोर्निया इन्चिच्युट अफ टेक्नोलोजीको आइन्स्टाइन पेपर्स परियोजनाका शीर्ष सम्पादक र सहायक निर्देशक जेइभ रोसेनक्रान्जले भने “धेरै जसो टिप्पणीहरु निक्कै अप्रिय लाग्छन् – विशेष गरेर उनले चिनियाहरुको बारेमा भनेका कुरा त्यस्ता छन् ।”

“यी टिप्पणीहरु यी महान मानवतावादी व्यक्तित्वको सार्बजनिक छविभन्दा एक हिसाबले ठिक विपरित छ । यो पढिरहदा म त आश्चर्यचकित भएँ । उनले यो डायरी छपाउने सोचमा नलेखेकाले पनि मानिसहरुलाई अप्रिय लाग्ने कुराहरु पनि लुकाएका छैनन् ।”

रोसेनक्रान्जले ‘द ट्राभल डाएरिज अफ अल्बर्ट आइन्स्टाइन’लाई अनुवाद र सम्पादन गरेका हुन् । यसलाई भर्खरै मात्र पहिलो पटक प्रीस्टन विश्वविद्यालय प्रेसले छुट्टै प्रकाशन गरेको छ । यसमा आइन्स्टाइनले आफ्नै हातले लेखेका पन्नाहरुका फोटोहरु पनि छ ।
यो डायरी यो भन्दा पहिले जर्मन भाषामा १५ खण्डमा छापिएको अल्बर्ट आइन्साइनको संकलित रचनाका भित्र छापिइसकेको थियो । तर अलग्गै डायरी मात्र प्रकाशन भएको यो पहिलो पटक हो ।
यो डायरी आन्स्टाइनले बर्लिनमा रहेकी आफ्नी सौतेनी छोरीको लागि लेखेको मानिन्छ । उनले आफ्नी श्रीमतीसँग स्पेन, एशिया र प्यालेष्टाइनको भ्रमणमा देखेको कुरा ती छोरीलाई जानकारी हुने हिसाबले टिप्थे ।
उक्त डायरीमा चिनियाबारेमा उनले थप लेखेका छन् “घोडा जसरी काममा दलाइदाँ पनि उनीहरु पिडाको अनुभव गरे जस्तो देखाउदैनन् । भेडा जस्तो अलग खालको यो राष्ट्र... मानिसभन्दा रोबोट बढी लाग्छ ।”
रोसेनक्रान्जको भनाईमा उनमा नश्लवादी सोचको अतिरित्त महिला विभेदी धारणा पनि देखिन्छ । आइन्स्टाइनले चिनियाँ महिलाबारेमा यस्तो लेखेका छन् , “यहाँ महिला र पुरुषबीच थोरै भिन्नता मात्र देखें । मैले बुझ्न नसकेको कुरा भनेको यी चिनियाँ महिलाहरुमा त्यस्तो के आकर्षण छ होला जसले चिनियाँ पुरुषहरुलाई यीनलाई गर्भ बसाउने हदसम्म पे्ररित गर्छ ।”

श्रीलङ्काको कोलम्बोको अवलोकन पछि आइन्स्टाइन् लेख्छन्, “यहाँका स्थानीयहरु उलेख्य फोहोर र उलेख्य गन्धमाझ बाँच्छन् । उनीहरु थोरै काम गर्छन् र उनीहरुका आवश्यकता पनि थोरै छ । जीवनको साधारण आर्थिक चक्र ।”

त्यसको विपरित आफूले भेटेका जापानीजहरुको बारेमा भने आइन्स्टाइनको निक्कै सकारात्मक दृष्टिकोण देखिन्छ  । “जापानीहरु देखावटी नगर्ने, सभ्य र समग्रमा निक्कै लोभ्याउने जाति हुन् ,” उनले लेखेका छन्, “यहाँ जस्तो शुद्ध हृदय भएको मानिसहरु अन्त भेटिन्न । प्रत्यकले यो देशलाई माया र सम्मान गर्नुपर्छ ।” 

तर रोसेनक्रान्जले उनले निष्कर्षमा भनेको तर्फ औल्याए जहाँ आइन्स्टाइनले लेखेका छन् “ यो देशको बौद्धिक आवश्यकता यसको कलात्मक आवश्यकताभन्दा कमजोर देखिन्छ –जैविक कारणले नै त्यस्तो भएको हो ।”

“आइन्स्टाइनको डायरीमा जापानी, चिनिया र भारतीय जातिप्रतिको कथित बौद्धिक न्यूनताका लागि जैविक कारणलाई औल्याउनु निश्चित रुपमा हल्का कुरा होइन । यसलाई नश्लवादको रुपमा हेर्न सकिन्छ । अरु मानिसहरुलाई जैविक रुपमा हिन देखाउनु नश्लवादको स्पष्ट प्रतिक हो । चिनियाँहरुले अन्य सम्पूर्ण जातिहरुलाई विस्थापित गर्नेछन् भन्ने भयग्रस्त टिप्पणी यो सन्दर्भको सबैभन्दा स्पष्ट प्रमाण हो ।” रोसेनक्रन्जले भने ।
“यहाँ आइन्स्टाइनले विदेशी जातिलाई खतराको रुपमा बुझेका छन् । यो निश्लीय सिद्धान्तको एक महत्वपूर्ण तत्व हो । तथापी उनको गरेका टिप्पणीहरुमध्य आधुनिक पाठकहरुलाई  सबैभन्दा आश्चर्य पार्ने टिप्पणी उनले चिनियाँ पुरुषहरुले आफ्ना महिलाहरुलाई सहबास गर्नको हदसम्म समेत आकर्षक नभएको भन्ने भनाईमा हुनेछ । यी उदाहरणको प्रकासमा हामीले आइन्स्टाइनले यो डायरीमा केही नश्लवादी टिप्पणीहरु र अमानवीय टिप्पणी गरेको निष्कर्ष निकाल्न सक्छौं । तिनमध्य केही निक्कै अप्रिय छन् ।” रोसेनक्रान्जले भने ।

रोसेनक्रान्जले आइन्स्टाइनले व्यक्त गरेको कुरा तत्कालिन समयको भनेर पन्छाउन नसकिने बताए । उनका अनुसार आइन्स्टाइनले डायरीमा व्यक्त गरेको धारणा त्यो बेला धेरै जनाले विश्वास गर्ने भए पनि सर्बब्यापी भने थिएन । “ अक्सर म ‘हामीले बुझ्नुपर्छ, त्यो बेलाको आम धारणानै त्यही थियो । त्यसलाई त्यही समयको सन्दर्भमा बुझ्नुपर्छ ’ भन्ने प्रतिक्रिया सुन्छु । तर त्यो समयमा अरु धारणाहरु पनि थिए , बढी सहिष्णु खालका धारणा,” उनले भने ।

पुस्तकमा लेखिएको परिचयमा रोसेनक्रान्जले कुनै समय युएनएचसिआरले “शरणार्थीले आफ्नो नयाँ देशमा झिटीझाम्टामात्र ल्याउदैनन् । आइन्स्टाइन पनि शरणार्थी थिए ।” भन्ने नारा राख्न उपयुक्त ठानेको व्यक्तिले समेत कसरी नश्लवादी टिप्पणी गर्न सक्छ भन्ने कुरा खोज गर्नु महत्वपूर्ण हुन्छ भनेका छन् ।

“यो प्रश्नको उत्तर आजको दिनमा झन बढी सान्दर्भिक छ । किनकी आजको दिनमा संसारको धेरै देशमा फरक जाति प्रतिको घृणामा व्यापक वृद्धी भएको छ,” उनले लेखेका छन् “यस्तो लाग्छ आइन्स्टाइनलाई पनि कुनै समय आफूलाई अरुको अनुहारमा हेर्न गाह्रो पर्ने रहेछ ।”-एजेन्सी

सम्बन्धित समाचार

Advertisement