जनताको घरदैलोमा मेयर थापा

अनलाइन दर्पण 2020-07-24
img

सन्तोष दाहाल / काठमाडौ, ९ श्रावण। कागेस्वरी-मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले नगरबासीको चाहाना,आवश्यकता र  प्रत्यक्ष सम्बादको लागि श्रावण १ गते देखि "टोल- टोलमा मेयर" कार्यक्रम सुरु गरेको छन। गागलफेदी बाट सुरु भएको उक्त कार्यक्रमकाे निरन्तरता दिदै मेयर थापा आाज ९ गते वडा नम्बर ९ काँडाघारीमा पुगेका छन् ।  

वडा नम्बर ९ का वडा अध्यक्ष कुन्दन खड्का अनुसार "टोल- टोलमा मेयर" कार्यक्रम प्रभावकारि भएको र आगामी दिनमा पनि यसलाइ निरन्तरता दिनु पर्ने बताए । कतिपय कुरा/काम नगरपालिकामा गएर ठोकिएका हुन्छन उक्त कामहरु मेयर आएर हेरिदिदा सजिलो हुने र चुनावमा सहयोग गर्ने जनता र कार्यकर्ताले पनि मेयर सग सम्बाद गर्दा अपन्त्व अनुभव हुने वडा अध्यक्ष  खड्काले बताए।

यसै गरि जनता सग उनिहरुकै घर आगनमा गएर समस्या र समस्याको समाधान बारेमा छलफल हुदा काम गर्न सजिलो हुने नगर कार्यपालिका सदस्य  कला घिमिरे(लुइँटेल)ले बताउनु भयो। नेकपा वडा सदस्य सुर्यनाथ अधिकारीका अनुसार वडामा हुने सबै बिकास निर्माणका कार्यक्रमहरु नगरपालिकाको अनुदानमा हुने भएकाले भएका र अब गर्नुपर्ने कामहरु फिल्डमै आएर हेर्दा र प्रत्यक्ष जनता सग कुरा गर्दा सबै नगरबासी उत्साहित भएको बताए।

नेपाल कम्युनिस्ट पार्टी नगर कमिटि सदस्य सुसिला खतिवडा  अनुसार नगरपालिकाको अनुदानमा वडा नम्बर ९ मा शिक्षाको केन्द्र रहेको छ । बिद्यालय देखि क्याम्पस सम्म रहेका छन ती सस्थाहरु सग को समन्वयलाई महत्वपूर्ण पाटोको रुपमा लिनु पर्छ, बिकाससग सम्बन्धित धेरै कामहरु भएका छन  भित्री बाटोहरु म करिब सबै पिच भइ सकेका छन तसर्थ  ति कामहरु प्रत्यक्ष जनसरोकार सग सम्बन्धित भएकाले   जनता बिकास निर्माण बाट खुसी भएको बताए ।

वडा नम्बर ९को टोलटोलमा मेयर कार्यक्रम अन्तरगत गान्धी मा.बि बाट सुरु भएर बिरेन्द्र चोक,गोठाटार खानेपानी ,वडा कार्यलय  लगाएत ठाउमा घुमी जनताहरु को समस्या र समाधानका विषयमा छलफल भएको थियो । करिब एक हजार जनता सग प्रत्यक्ष भेटघाट कार्यक्रम भएको थियो।

सम्बन्धित समाचार

Advertisement