त्रिविको अनलाइन सिस्टममा समस्या, प्रमाणपत्रको आवेदनमा खुल्छ व्यक्तिको फेसबुक

अनलाइन दर्पण 2024-01-31
img

सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन सुरु गरेको त्रिभुवन विश्वविद्यालको वेवसाइट ह्याकरको कब्जामा पुगेको छ। विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरे।

उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत् गर्ने विश्वविद्यालयको अभियान सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे । तर भोलिपल्टबाटै यो समाचार तयार पार्दासम्म सेवामा समस्या देखिएको छ। पनिकाको www.tuexam.edu.np वेवसाइटमा CERTIFICATE APPLICATION PORTAL क्लिक गर्दा सिधै रोहित रोकाया भन्ने फेसबुक अकाउन्ट खुल्न थालेको हो।  

त्रिविले विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्न सक्ने व्यवस्था गरेको जनाएपनि पुर्व तयारी बिना तथा अनलाइन पूर्ण नगरिकन अनलाइन सेवा सुरू गरेपछि त्रिविका डाटा लिकेज हुने सम्भावनासमेत बढेको छ।

रोकायाको फेसबुकमा त्रिविको वेबसाइटमा सुरक्षा चुनौती थपिएको उल्लेख छ। फेसबुकमा लेखिएको छ,  ‘हिजोदेखि TU ले अनलाइन सेवा सुरु गरेसँगै यसले TU को वेबसाईटमा attack surfaceपनि बढाएको छ  यसले गर्दा TU को वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ । अब TU ले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ । त्यसैले TU ले कुनै पनि सफ्टवेयर बनाउदा सुरक्षाको पाटोलाई पनि बिशेष महत्व दिन अत्यन्त जरुरी छ । म तपाईंलाई सूचना दिन चाहन्छु कि ह्याकिङ गर्नु अवैध र अनैतिक छ, र म अनैतिक कार्यका लागि कुनै पनि सहायता वा समर्थन प्रदान गर्न सक्दैन।सबैको डाटा सुरक्षित छ। धन्यवाद।’

यस विषयमा त्रिविले हालसम्म कुनै धारणा सार्वजनिक गरेको छैन। यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्ने त्रिविले जनाएको छ। 

सम्बन्धित समाचार