के तपाईंको जतिबेलै मोबाइलमा झुन्डिने बानी छ ? एकपटक यो अवश्य पढ्नुहोस्

अनलाइन दर्पण 2018-08-27
img

अहिले मोबाइल मानिसका लागि अभिन्न अंग बनिसकेको छ । दैनिक जीवनमा सञ्चारका लागि यो नभई हुँदैन । तर, मोबाइलमा बढ्दो पहुँचसँगै यसले मानिसलाई पनि उत्तिकै खतराको मुखमा धकेलिरहेको हुन्छ ।

प्रायः मानिस मोइबाल अत्यावश्यक कामबाहेक पनि भिडियो हेर्न, गेम खेल्न तथा सामाजिक सन्जालमा व्यस्त हुन घन्टौं बिताउँछन् । यस्तो बानी निकै घातक हो । अझ बच्चाहरूका लागि त यो झनै घातक हुन्छ ।

विज्ञहरूका अनुसार मोबाइलबाट निस्कने रेडिएसन मानिसका लागि निकै घातक हुन्छ । यो त प्रमाणित नै भइसकेको छ । यसले मानिसलाई शारीरिकदेखि मानसिक रूपमा पनि नोक्सन गरिरहेको हुन्छ ।

ब्रिटेन, अमेरिका र स्विडेनमा भएको एक अध्ययनले मोबाइल धेरै चलाउँदा हुने ‘साइड इफेक्ट’बारे केही निष्कर्ष निकालेको छ :

दिगमामा सोझै असर

उक्त अनुसन्धान प्रतिवेदनले मोबाइलबाट निस्कने रेडिएसनको सोझै मानिसको दिमागमा असर गर्ने बताएको छ । यसले मानिसको सम्झने शक्ति नष्ट गर्दै जान्छ । फोनबाट निस्कने सिग्नलले दिमागको यस्तो भागलाई प्रभावित पार्छ, जसको सम्बन्ध मेमोरी र सिकाइसँग हुन्छ ।

अझ अर्को कुरा, यदि बच्चाले मोबाइल या यस्तो प्रकृतिको डिभाइस बढी र धेरैभन्दा धेरै समय चलाउन थाले पनि उनीहरूको सिकाइ क्षमतामा क्रमशः घट्दै जान्छ । यो समस्या निकै बढेको छ । आज संसारका लाखौं बच्चा यही समस्याबाट गुज्रिरहेका छन् ।

त्यत्ति मात्रै हैन, मोबाइल धेरै चलाउने बानीले मानिसको निर्णय क्षमता पनि घट्ने अध्ययन टोलीका प्रमुख प्रोफेसर बेङ्गट अर्नेट्सले बताएका छन् ।

शरीरमा पिम्पल्स या खटिरा !

भन्दा पत्याउनु हुन्न होला । तर, धेरै मोबाइल पोन चलाउने शरीमार खटिरा र पिम्पल्स निस्कन थाल्छन् । मोबाइल फोनमा अत्यधिक धुलो र फोहोर हुन्छ, जुन ब्याक्टेरिया प्रजननका लागि सुरक्षित ठाउँ बन्छ । त्यसैले प्रत्येक समय मोबाइलमा कुरा गर्दा या आफ्नो कानसम्म मोबाइल लैजाँदा यस्ता फोहोर र ब्याक्टेरिया सजिलै छालामा सर्छ ।

यति भएपछि त अनुहारमा दाग र कालो धब्बाको समस्या आउने भइहाल्यो । अझ हामीले ख्याल नगरी तुरुन्तै सफा गरेनौं भने यसले अनुहारमा खटिरा निम्त्याउँछ ।

चाँडै देखिन्छ गर्दनको समस्या

अत्यधिक मोबाइल चलाउनेलाई गर्दनको चारैतर्फको छालाको लचकतामा कमी आउँछ । लामो समय गर्दन झुक्ने हुँदा यो समस्या चाँडै निम्तिन्छ । लामो समयसम्म एउटै पोजिसनमा बसेर मोबाइल चलाउनु त झन् घातक हुन्छ ।

छिट्टै आउँछ बूढोपना

अत्यधिक मोबाइल चलाउने मानिसमा चाँडै बूढोपना देखिने अध्ययनले देनाएको छ । मोबाइलको स्क्रिनबाट निस्कने प्रकाशको सम्पर्कमा रहँदा छालामा ‘हाइपर पिङमेन्टेसन’ हुनुका साथै बूढोपनको समस्या आउने गर्छ । यसले छालाको चमकतालाई नष्ट गर्छ ।

सम्बन्धित समाचार

Advertisement