राष्ट्रलाई एकतावद्ध गर्ने कुरामा एमाले फेल :माअाेवादी केन्द्र

अनलाइन दर्पण 2017-08-22
img

काठमाडौं, ६ भदौ । माओवादी केन्द्रले अाफ्नाे वैठक पस्चात पार्टीकाे धारणा सार्वजनीक गरेकाे छ । माअाेवादी केन्द्रले संविधान संशोधन विधेयक एमालेका कारण फेल भएको निस्कर्ष निकालेको छ ।

माओवादीको बैठकले राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनुमा मूख्य कारण एमाले भएकाे भन्दै अाफुलार्इ अव्वल राष्ट्रवादी ठान्ने एमाले संविधान संशोधन विधेयक फेल गराएर राष्ट्रलाई एकतावद्ध गर्ने कुरामा फेल भएकाे निष्कर्ष निकालेकाे छ ।

साथै बैठकले बाढीपहिरो पीडितहरुको तत्काल उद्दार गरी राहात वितरण गर्न माग गरेको छ ।

बाढीपहिरोमाबाट पीडित बनेका मृतकका परिवारलाई तीन लाख र पुननिर्माण तथा पुनर्स्थापनाका लागि प्याकेजमा एक परिवारलाई पाँच लाख रुपैयाँ दिनुपर्ने माग समेत गरिएको प्रबक्ता पम्फा भुसालले जानकारी दिइन ।

सम्बन्धित समाचार

Advertisement