कम्युनिष्ट पार्टी निकट माइला लामा गिरप्तार

अनलाइन दर्पण 2017-08-17
img

काठमाण्डाै, १ भदाै । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई अखिल क्रान्तिकारी काठमाडौँ जिल्ला समितिको बैठक बसिरहेकै  वेला बैठक हलबाटै गिरप्तार गरेकाे छ । बिहिबार दिउसो प्रहरीले गिरप्तार गरेको छ । 

अनलार्इन खवरसँग कुरा गर्दै नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले लामालाई बिना कारण गिरप्तार गरेको बताएका छन् ।

राज्यले शान्तिपूर्ण राजनीति गर्न समेत प्रतिबन्ध लगाउने गरी संसदीय व्यबस्थाको नाङ्गो नाच प्रदर्शन गरेको भन्दै नेता कार्कीले आपत्ती जनाएका छन्।

अखिल क्रान्तिकारीका  एक केन्द्रीय सदस्यले अनलाइन खवरसँग टेलिफोन गर्दै जनयुद्धको झल्को दिने गरी प्रहरीले बैठक हलमा अचानक छापा हानेर नेता लामालार्इ गिरफ्तार गरेकाे पुष्टी गरे ।

त्यस्तै आफ्नो संगठनको बैठक बसिरहेका बेला नेता लामालाई गिरप्तार गरेपछि अखिल क्रान्तिकारीले उनलाई तत्काल बिना सर्त रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिदै आफुहरुले गर्ने आन्दोलनबाट उत्पन्न हुने अप्रिय परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

Advertisement