जनताले वम प्रहार गर्न भनेपछी विप्लवकाे प्रतिकृया

अनलाइन दर्पण 2017-08-13
img

काठमाण्डाै, २९ साउन । देश यतिवेला विपदकाे संगिन घडिमा छ, पहाडमा पहिराे गएकाे छ तराइका भुभाग जलमग्न भएका छन्, बाटाेहरु थुनिएका छन्, देशमा ठुलाे जनधनकाे क्षति भइरहेकाे छ । यसकाे एउटा प्रमूख कारण हाम्रा नदिनालाहरुमा छिमेकी मुलुक भागरतले बाँधेकाे  बाँधका ढोकाहरु सहजै नखोलिदिंनु हाे । 

तराइका सप्तकोशी र लक्ष्मणपुर सहित सीमा क्षेत्रका दर्जनौं गाउँहरु डुवानमा परेपछी काेशी व्यारेजका ढाेकाहरु वन्द गरेर साँचाे दिल्लीलार्इ वुझाएकाे राज्यको ठुलो गल्तिप्रति बिकल्प विहिन नागरिकहरु सामाजिक सञ्जालमा आक्रोस  व्यक्त गर्दै थुनिएको नदीलाई निकाश दिएर नागरिकहरुको रक्षा गर्न कोशी ब्यारेजमा लगाएका बाँधहरुमा बम हान्न नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ लाई अाग्रह गर्न थालेका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत हजाराै प्रयाेगकर्ताहरुले नेकपाका महासचीव विप्लवलार्इ काेशी व्यारेजमा वम हान्न आग्रह गरेका स्टाटसहरु भाइरल भइरहेका वेला नेपाल कम्यूनिष्ट पार्टीकाे अाधिकारीक धारणा सार्वजनिक भएकाे छ ।

पार्टीले विज्ञप्ती जारी गर्दै देशमा विगत दुइ तिन दिन देखी भइरहेकाे भिषण वर्षाका कारण पिडित जनताहरुकाे उद्धार, पिडितहरुलार्इ राहत एव‌ं उचित व्यवस्थापन गर्न सरकार समक्ष माग गरेकाे छ । साथै यस विपदकाे घडिमा पीडित जनताहरुकाे उद्धार र राहतकाे कार्यमा सक्रियता र दृढतापूर्वक लाग्न पनि सम्पूर्ण पार्टी पंतिलार्इ निर्देशन गरेकाे छ । 

नेकपाले जारी गरेकाे विज्ञप्ती यस्ताे छ । 

सम्बन्धित समाचार

Advertisement