भारतले यसकारण खोलेन सप्तकोशी बाँधको ढोका

अनलाइन दर्पण 2017-08-13
img

काठमाडौं, २९ साउन । नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ । 

उता कुटनीतिक पहल बढाउनुपर्ने बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौंमै छन् । 

परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ भारतले आग्रह नसन्नुको पछाडि केही कारण रहेको बताउँछन् । 

उनका अनुसार भारतले बाँधका सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दवाव बनाएर आफ्नो योजना पुरा गर्न चाहेको छ । 

केही समय अगाडि भारतीय मिडियाले सप्तकोशी बाँधमा आइएसले बम विस्फोटन गराउन थालेकोभनेर प्रचार गरेका थिए । यसका पछाडि पनि भारतले बाँधमा आफ्नो सुरक्षा उपस्थिति खोजेको रुपमा हेरिएको छ । 

यसबाहेक श्रेष्ठ भारतले कोशीमै अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दवाव बनाईरहेको ठान्छन् । विपतको बेला ढोका खुल्न आनकानी गरेर भारतले दवावको कुटनीति गरिरहेको श्रेष्ठ मान्छन् । 

राताेपाटीकाे सहयाेगमा

सम्बन्धित समाचार

Advertisement