कपाली समुदायको उत्थानमा सदैब प्रतिबद्ध छु : मेयर श्रेष्ठ 

अनलाइन दर्पण 2017-07-31
img

मध्यपुर थिमि, १६ साउन । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि भित्रका कपाली समुदायको उत्थानका लागी सदैव सहयोग गर्ने बताउनुभएको छ । 

कपाली समुदायको हक, हित, अधिकार तथा संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले स्थापित संस्था कपाली समाज मध्यपुर थिमिले आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले कपाली समुदायको उत्थान एवम् बाजागाजा संरक्षण प्रवद्र्धन र विस्तारमा सदैव सहयोग गर्ने प्रतिवद्धतासँगै दिगुटोल स्थित गोरखनाथ मन्दिर क्षेत्रको संरक्षणमा चाहिएको सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । 
 
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका भित्रका कपाली समुदायका दश जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान तथा संस्थाको कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो । 
  
कार्यक्रममा सभापति चन्द्रमान कपालीले कपाली समुदायले मध्यपुरको संस्कृतिमा पारेको प्रभावलाई उजागर गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Advertisement