सामाजिक बिषयका शिक्षकहरुले छुट्टै संगठन खोल्ने

अनलाइन दर्पण 2017-07-23
img

काठमाडौँ – विद्यालय तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुले आफ्नो छुट्टै  संगठन खोल्ने भएका छन् ।

काठमाडौको विश्व निकेतन विद्यालयमा भएको सामाजिक बिषयको शिक्षकहरुको भेलाले शिक्षक महेन्द्र विष्टको संयोजकत्वमा तदर्थ समिति समेत गठन गरेको छ । समितिका सदस्यहरुमा डिल्ली शर्मा, गोविन्द भण्डारी, ज्ञानबहादुर अधिकारी, सुशीला ढकाल, ध्रुव थापा, माधव दाहाल, शान्ता ढकाल, नारायण नेपाल, रामेस्वार्थप्रसाद रौनियार र सूर्यबहादुर गुरुङ रहेका छन् ।

समितिको सल्लाहकारमा डा श्रीराम उपाध्याय, विनय कुशियत, खुविराम अधिकारी, बोधकुमार खनाल, गणेश दाहाल रहेका छन् ।

संस्थाले सामाजिक अध्ययन विषयसँग सम्बन्धित मुद्दामा अन्तक्र्रिया गर्ने, सरकारी निकायमा पहुँच विस्तार गर्ने, तालीम सञ्चालन गर्ने तथा सामूहिक भावनाको विकास, सामाजिक विषयको अध्यापनमा एकरुपताको  कायम गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

Advertisement