के के हुन् देउवाले गर्नुपर्ने पाँच प्रमूख कार्यहरु ?

अनलाइन दर्पण 2017-06-07
img

काठमाडौं, जेठ २५ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार पुगी कार्यभार सम्हाल्नुभएको छ । ‘राष्ट्रिय सदाचार नीति’ बनाउने प्रस्तावमा हस्ताक्षर गरी उहाँले पदभार सम्हाल्नुभएको हो ।

देउवाले अन्तरप्रदेश समन्वयका लागि ‘समन्वय परिषद्को सचिवालय गठन गर्ने’ निर्णयमा पनि हस्ताक्षर गर्नुभएको छ । निर्णयपछि अब प्रधानमन्त्री कार्यालयमा महाशाखा स्थापना भई उक्त परिषद्को सचिवालय गठन हुनेछ ।

देउवाले पदभार लिएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारका सात प्राथमिकता तय गरिएको छ । देउवा नेतृत्वको नयाँ सरकारले ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । साथै, स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्वघोषित मिति १४ असारमा सम्पन्न हुने प्रतिबद्धता पनि मन्त्रिपरिषद् बैठकले जनाएको छ ।

नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन सरकारको पहिलो प्राथमिकतामा परेको छ । साथै, भूकम्पपछिको पुनर्निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सरकारले आर्थिक समृद्धिलाई महत्व दिने गरी लगानीको वातावरण बनाउने र शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ । शान्ति, सुरक्षा र सुशासन जनताले अनुभूत गरी गराउने पनि सरकारको प्राथमिकतामा परेको छ ।

पाँच प्राथमिकता:
संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन
माघ ७ गतेभित्र तीनै तहको चुनाव
भूकम्पपछिको पुनर्निर्माणमा तीव्रता
आर्थिक समृद्धिलाई महत्वव दिने गरी लगानीको वातावरण
शान्ति प्रक्रियाका बाँकी काम र शान्तिसुरक्षा

यस्तो छ मन्त्रिमण्डल:
शेरबहादुर देउवा, प्रधानमन्त्री
विजयकुमार गच्छदार, उपप्रधान तथा स्थानीय
कृष्णबहादुर महरा, उपप्रधान तथा परराष्ट्र
गोपालमान श्रेष्ठ, उपप्रधान तथा शिक्षा
ज्ञानेन्द्रबहादुर कार्की, अर्थ
फरमुल्लाह मन्सुर, श्रम तथा रोजगार
जनार्दन शर्मा, गृह
प्रभु साह, विनाविभागीय

सम्बन्धित समाचार

Advertisement