किन बढ्यो बलात्कार ? गृहमन्त्रीले दिए यस्ताे जवाफ

अनलाइन दर्पण 2018-09-26
img

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पूँजीवादले बलात्कारका घटना बढेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘पूँजीवादले महिलालाई नाफा कमाउने मालको रुपमा बिक्री गर्छ । अमेरिका, भारतमा नि यस्तो हुन्छ ।’

गृहमन्त्री थापाले दलाल पूँजीवाद हाबी भएको र आत्मनिर्भर अर्थतन्त्र नभएकोले बलात्कारका घटना निम्त्याउने गरेको बताए । उनले भने, ‘अब समाजिक आर्थिक आधार भत्काउनु पर्‍यो । सरकार आफैंले मात्र नियन्त्रण गर्न सक्दैन । जनता पनि आफैं सजग हुनुपर्छ ।’ 

उनले अनियन्त्रित मदिराले पनि अपराध बढेको बताए । उनले प्रविधिले गर्दा साइबर क्राइम बढेको बताए ।

सांसदहरुले सरकार बलियो हुँदा पनि हत्या, हिंसा, बलात्कारका घटना कम हुन नसकेको भन्दै मन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्रीले सरकारको बचाऊ गर्दै यस्तो घटना नयाँ नभएको र यसअघि पनि हुने गरेको बताए । उनले भने, ‘यो सरकार आएपछि मात्रै बलात्कार, हत्या र हिंसा बढेको हैन । यस्ता घटनापछि सामाजिक कारणहरु पनि छन् ।’

सम्बन्धित समाचार

Advertisement