नवलपरासीमा ४ मलेरिया रोगी भेटिए

अनलाइन दर्पण 2018-09-26
img

अंगद यादव

नवलपरासी पश्चिम जिल्ला भित्रमा अहिले सम्म ४ मलेरिया रोगी फेला परेका जिल्ला जन स्वस्थ्य कार्यालयले जनाएको छ ।

महिला रोगी दुई जना जसमा एक जना महिला गर्भवती, एक जना तीन बर्षिय बालक र एक जना सुनवल नगरपालिका स्थित सिमेन्ट उद्योगमा ज्याला गर्ने भारतीय नागरिक गरि कुल चार जना मलेरिया रोगी जिल्ला जन स्वास्थ्य मलेरिया इन्सपेक्टर गौरी शंकर प्रसादले बताएका छन ।

जिल्ला जन स्वास्थ्यका मलेरिया इन्सपेक्टर गौरीशंकर प्रसादका अनुसार, हालको ३ महिनाको अवधिमा ४ जना मलेरिया रोगि पाइएको छ। जसमध्ये जिल्लाको सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका तथा प्रतापपुर गाउपालिकामा मलेरिया रोगीहरु भेटिएका छन् ।

प्रतापपुर गाउपालिका र सुस्ता गाउपालिकामा जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया रोग जाँच गर्ने टोली पठाएका थिए । प्रतापपुर गाउपालिकाको वडा नं.-६ मा एक सय पाँच जनालाई जाँच गरिएको थियो ।

अार्थिक बर्ष ०७४/०७५ मा नवलपरासी जिल्लाको पश्चिममा ७ जना र पुर्वीमा २१ जना गरि २८ जनामा मलेरिया रोगी भेटिएको थियोे । हाल नवलपरासी पश्चिमको चार वटै स्थानीय तह मलेरिया रोगको उच्च जोखिममा परेको छ ।

मलेरिया रोग सामान्यतया मानिसहरु र अन्य जनावरहरूमा संक्रमित एन्पहेल्स मच्छरको टोकाइबाट प्रसारित हुन्छ । बुखार, थकान, नली र सिरदर्द रोग जाडो लाग्नु मलेरिया रोगको सामान्य लक्षण हो।

यदि रोग बढ्यो भने यस्तो रोगीहरु को छाला पीला हुन सक्छ यस्ता लक्षण देखिन साथ नजिकको स्वास्थ्य कार्यालयमा जाँच गराउनु पर्छ ।

यो रोग बाट रोगीहरु मर्न सक्छन । यसबाट बच्नको लागि सुत्ने बेलामा झुलको प्रयोग गर्ने, घरको वरपर खाल्डाखुल्डीमा पानी जम्न नदिने जस्ता उपाय गरियो भने यो रोग बच्न सकिन्छ जन स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement