दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेकी थिइन सोनिले [ भिडियो हेर्नुहोस ]

अनलाइन दर्पण 2018-09-21
img

म्याग्दी बेनीकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हाम फालेर बेपत्ता भएकी छिन्।

बेनी नगरपालिका ५ घर भएकी सोनि क्षेत्रीले आइतबार कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

पर्वतको जलजला २ बगरफाँटको बौरमा बस्दै आएकी सोनि बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थिइन।

उनले आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेको र उनको खोजी कार्य भइरहेको पनि प्रहरी नायव उपरीक्षक बुढाले बताए ।

भिडियो हेर्नुहोस:

सम्बन्धित समाचार

Advertisement