स्थानीय चुनावमा ७५ हजार म्यादी प्रहरी खटाइने भूपू प्रहरी र सैनिकलाई प्राथमिकता

अनलाइन दर्पण 2017-03-05
img

 आगामी ०७४ बैशाख ३१ गते हुने स्थानीय  निर्वाचनमा सरकारले ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ ।
 केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जसमध्ये ७५ हजार म्यादी प्रहरी भर्नाका लागि गृह मन्त्रालयको तयारी थालेको छ र सम्भवत आइतबार मन्त्रिपरिषदमा प्रस्ताव जानेछ । 

निर्वाचनमा करिब २२ हजार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्र सुरक्षा दिन नसक्ने भएपछि गृह मन्त्रालयले म्यादी प्रहरीको प्रस्ताव गरेको हो । 

२०७० को संबिधान सभाको  चुनावमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । बिगतमा म्यादी प्रहरीमा दलका कार्यकर्ता भर्ती भएको  र तिनीहरुले निष्पक्ष निर्वाचनमा असर पार्ने गरेको समेत आलोचना भएकाले  यस पटक गृह मन्त्रालयले म्यादी प्रहरी भर्नामा पूर्व प्रहरी र सैनिकलाई प्राथमिकता दिइने बताएको छ । 

पूर्व सुरक्षाकर्मीहरुलाई म्यादी प्रहरीमा समेट्न सक्दा कम तालिमबाट उनीहरुलाई परिचालन गर्न सकिने र उनीहरुले सहज रुपमा सुरक्षा जोखिम अनुमान गर्न सक्ने गृह मन्त्रालयको बुझाइ छ । 
निर्वाचन आयोगले पनि सकेसम्म म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीहरुलाई प्राथमिकता दिन सुझाव दिएको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । यसअघिका निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरिसकेकालाई पनि प्राथमिकता दिइने भएको छ ।

सम्बन्धित समाचार

Advertisement