चन्द्रागिरीमा प्रधानमन्त्रीलाई फुर्यो कविता, लेखे ‘मरे पनि केही छैन, सपना देख्न पाऊँँ’

अनलाइन दर्पण 2018-07-15
img

 काठमाडौं  ३१, असार। प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर कविता सिर्जना गरेका छन् । प्रधानमन्त्री ओलीको कवितामा ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने रहेको छ ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरि उक्लिएका प्रधानमन्त्री ओलीले कविता रचेका हुन् ।

कवितामा सपनामा भए पनि लहलह खेतबारी, झपक्क कान्ला र आली देख्न पाउँ भनेका छन् । उनले कवितामा भनेका छन्– चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ ।

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका थिए ।  कार्यक्रममा सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गरेका थिए । 

सम्बन्धित समाचार

Advertisement