किन गर्छन आत्महत्या ? के हो यसको रोकथाम ? डा. गौतमले के भन्नुहुन्छ त ? हेर्नुहोस भिडियो

अनलाइन दर्पण 2019-09-02
img

भनिन्छ, चरम निराशा र तनाव उत्पन्न भएपछि मानिसले आत्महत्याको बाटो अँगाल्छ। तर कारण यत्तिमात्रै होइन। आत्महत्यासम्म पुर्‍याउन मानिसलाई विभिन्न कारणले प्रेरित गरिरहेको हुन्छ। आत्महत्या के हो, यस्तो सोच किन आउँछ र यसबाट बच्न के गर्न सकिन्छ भन्नेबारे नसा तथा मनोरोग विशेषज्ञ डा कमल गौतमसँग गरिएको कुराकानी :

आत्महत्या भन्नाले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई बुझिन्छ। जसले आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्दछन्, त्यसमध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन्। त्यसमध्ये धेरैजसो व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा डिप्रेसन हुने गर्दछ। बाँकी ५ प्रतिशत व्यक्ति भने कहिलेकाहीँ एक्कासि तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास गर्दछन्। यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ ।

भिडियोमा हेर्नुहोस् : 

सम्बन्धित समाचार

Advertisement