फोहोरबाट मोहोर 

अनलाइन दर्पण 2021-12-25
img

  तुसार कार्की

नोवल स्कुल, सूर्यविनायक–३, भक्तपुरबाट सैद्घान्तिक ज्ञानलाई मात्र सिकाइको रुपमा नलिएर व्यवहारिक ज्ञानका लागि पनि शिक्षण सिकाइ हुदैँ आइरहेको थियो । विगतका केहिवर्ष यता कोभिड–१९ को महामारीबाट आक््रmान्त विश्वले नेपाललाई समेत अछुतो राखेन । यसवाट नोवल स्कुलको व्यवहारिक ज्ञानको शिक्षण सिकाइ केही प्रभावित भयो । पछिल्लो समयमा कोभिड–१९ को महामारी साम्य हुदै गयो । फलस्वरुप स्थानीय सरकारको समन्वयपछि विद्यार्थीहरु सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमानै विद्यालयमा पठनपाठन गर्ने मौका मिल्यो तत् पश्च्चात यस विद्यालयले व्यावहारिक ज्ञानलाई पुनः स्चारु ग¥यो  र कक्षा १० का विद्यार्थीहरुले फोहोरबाट मोहोर कमाउने उद्घेश्यका साथ स्थापना भएको रिकिसी कम्पोष्ट प्रा.लि. को अवलोकन भ्रमण ग¥यौँ । 

भक्तपुर जिल्लास्थित साँस्कृतिक सुन्दर नगरी मध्यपुर ठिमी–४ मा स्थानीय स्तरमा निस्किएको भान्साकोठाको फोहोरलाई प्रोसोधित गरी मल बनाउन स्थापना भएको रिकिसि कम्पोष्ट प्रा.लि लाई मध्यपुर ठिमी नगरपालिकाले समन्वात्मक भूमिका खेलेको रहेछ । यस प्रा.लि मा भान्साकोठामा खेर गइरहेको फोहोरलाई जापनीज प्रविधिबाट प्रशोधन गरिने रहेछ । भान्साकोठाबाट निस्किएका फोहोरलाई संकलन गरी विभिन्न  प्रक््िरmया र चरण पार गरेपछि कम्पोष्ट मल बन्ने रहेछ । मध्यपुर ठिमी नगरपालिकाका केही वडाहरुबाट निस्किएका फोहोरलाई संङ्कलन गरिने रहेछ । प्रत्येक घरघरमा गएर यस प्रा. लिले फोहोर सङ्कलन गर्ने रहेछ । सङ्कलित फोहोरलाई प्रशोधन स्थलमा ल्याएर जापानीज प्रविधि अन्तर्गत प्रोशोधन गरिने रहेछ । कुहिने फोहोरलाई टोकोजाइनसँग मिलाइने रहेछ । जसलाई ६०ण् ऋ मा तताइन्छ । टोकोजाइन ऋल्द्यः प्रविधिमा आधारित छ । जसमा कार्बन, ब्याटोरीया, नाइट्रोजन र मिनरल्स हुन्छ । यसमा कार्बनको रुपमा भुस व्याक्टोरीयाको रुपमा पत्कर (सुकेको पात) नाइट्रोजनको रुपमा ढुटो र मिनरल्सको रुपमा रातो मोटोको प्रयोग गरिने रहेछ । यसलाई संकलिन फोहोरमा मिसाएर मल बनाउन राखिन्छ । जब फोहोरमा कार्बन, व्याक्टोरीया, नाइट्रोजनका र मिनरल्स मिसिन्छ तब यसबाट कुनै पनि किसिमका दुर्गन्ध नफैलिने रहेछ । यसरी मिश्रित भएको फोहोरलाई छोपेर राखिन्छ र समय समयमा यसलाई ओल्टाइ पल्टाई गर्ने गरिदो रहेछ जसबाट पानीको मात्रा सुकेर जान्छ । फोहोरको थुप्रोमा पानी नसुकुन्जेल यो कार्य निरन्तर रुपमा गर्नुपर्ने रहेछ । जब फोहोरबाट पानीको मात्रा शून्य हुन्छ र फोहोर पनि कम्पोष्ट मलमा परिवर्तन हुने रहेछ । 

हाम्रो भान्साकोठामा खेर गइरहेको फोहोरको सहि व्यवस्थापन गर्न सकेमा फोहोर त्यसै मिल्काउने फोहोर नभएर मोहोर रहेछ भन्ने तथ्य यस भ्रमणबाट सिकियो । फोहोरको उचित व्यवस्थापनको अभावले वातावरण प्रदूषण भइरहेको अवस्था यस प्रविधिले फोहोर व्यवस्थापनको उचित व्यवस्थापन गर्न सफल भएको छ । फोहोरको व्यवस्थापनको अलवा यसबाट प्रत्यक्ष वा परोक्ष रुपमा विभिन्न किसिमका फाइदा पुग्ने रहेछ । यसबाट उत्पादित फोहोरबाट जैविक खेति गर्न टेवा पुग्ने रहेछ । यसका साथै मलको चरम अभावलाई अन्त्य गर्दै नेपाल मलमा समेत आत्मा निर्भर बन्न सक्दछ । कोम्पोष्ट मलबाट उत्पादित वस्तुको प्रयोगले मानव स्वास्थ्यमा समेत फाइदा गर्ने छ । यसले वातावरणीय सन्तुलन कायम गरी जलवायु परिवर्तन जस्तो विश्वको जल्दोबल्दो समस्याको नियन्त्रणमा केही हदसम्म राम्रो भूमिका खेल्न सक्दछ । देशमा रहेको बेरोजगारीको समस्यालाई निराकरण गर्दै रोजगारको समेत सिर्जना गर्न सक्दछ । 

रिकिसी प्रा.लि बाट उत्पादित मलको बजारलाई हेर्ने हो भने उत्पादनको अनुपातमा बजारको माग बढी भएकोले यसको बजार व्यवस्थापन गर्न पनि सहज रहेको छ । हामीले आफ्नो भान्साकोठाबाट निस्किएको फोहोरको उचित व्यवस्थापन गर्नु आवश्यक रहेको छ । यसबाट पशुपतिको जात्रा सिद्राको व्यापार हुने रहेछ । त्यसै फाल्नु पर्ने फोहोरलाई मोहोरमा परिवर्तन गर्न सकिने रहेछ । यस प्रा. लि ले उत्पादन गरे अनुरुप नेपालभरि नै सबैले यसरी नै मल बनाउने हो भने नेपाल मलमा आत्मानिर्भर बनी वर्षेनि अर्बौ रुपैया मलका लागि विदेशीने समस्याको समेत अन्त्य हुने कुरामा दुईमत छैन । हामी नोवल स्कुलका कक्षा १० का विद्यार्थीले पनि यस किसिमको तरिका अनुसार ६ महिना लगाएर कम्पोष्ट कल बनाई विद्यालयमा रहेका गमलाका फूलहरुमा र अन्य विद्यालय भित्र रहेका बिरुवाहरुमा मल हाल्न सफल भयौँ । 

यस्तै गरी खेर गएका कागजबाट विभिन्न सामान राख्ने सजावटका सामान बनायौँ । यस किसिमका हाम्रा भ्रमण तथा विद्यालयभित्र गरिएका विभिन्न क््िरmयाकलापले हाम्रो विज्ञान विषयमा हामीले अध्ययन गर्ने फोहोर व्यवस्थापन भन्ने शीर्षक व्यवहारिक रुपमा सिक्न पाउँदा हामीले सिकाइ उपलब्धी व्यवहार पनि परिवर्तन भई हाम्रो दैनिक जीवनमा उपयोगी भएको महसुस ग¥यौँ । 
हाम्रो विद्यालय नोवल स्कुल, बालकोट भक्तपुरले क्ष्क्ब्  परियोजनामूलक विविध कार्यक्रम सञ्चालन गर्दै आएकोमा फोहोरबाट मोहोर कमाउन सकिने यस ज्ञानले म तुसार कार्की लगाएत अन्य सबै साथीहरुले ब्यावहारिक ज्ञान अवसर प्राप्त गरेका छौं । यस ज्ञानलाई हामी हाम्रो घर परिवार र समाजमा समेत पु¥याउने छौं । 
                                                            
तुसार कार्की
नोवल स्कुल, बालकोट भक्तपुर

 

सम्बन्धित समाचार

Advertisement