विकास ज्ञवाली
विकास ज्ञवाली
राज्य सञ्चालन प्रक्रिया कानुनद्वारा निर्देशित हुने गर्दछ । कानुनको जन्म तत्कालीन आवश्यकता र राजनैतिक विचारद्वारा निर्देशित हुने गर्दछ । नेपालमा स्थापित राजनैतिक विचारहरूको अन्तरघुलन तथा स्थानीय परिस्थितिको सापेक्षित अनुकूल कानुनी संरचना नेपालको संविधान २०७२ ले प्राप्त गरिसकेको छ ।
यो नेपालको राजनीतिको अहिलेसम्मको उच्चतम सफलता हो । केही कमी कमजोरीका वावजुत संविधानले नेपालका अधिकांश जनतामा अपनत्व स्थापित गरिसकेको छ । संविधान निर्माणपछि अहिले देशको राजनीति संविधान कार्यान्वयनको दिशामा अगाडी बढेको छ । जसको परिणामस्वरुप स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने सङ्घ र प्रदेशको निर्वाचन गर्ने दिशामा राजनीति अगाडी बढेको छ ।
संविधानको कार्यान्वयनको सफलताले देशको राजनीतिलाई सकारात्मक दिशा तर्फ उन्मुख गरेको छ । जसको प्रमाण स्वरूप विभिन्न वैचारिक मत भिन्नतामा विभाजित दलहरूको तत्कालीन र दृघकालिन एकताका प्रयासलाई लिन सकिन्छ । नेपालमा आधुनिक राजनैतिक विचारधाराको प्रार्दुभावसँगै नेपालमा विभिन्न सैद्धान्तिक मत भिन्नताको आधारमा अनेकन दलहरूको उत्पत्ति भएको देखिन्छ । त्यस्ता प्रमुख विचारधारा आजसम्म पनि कुनै न कुनै रूपमा क्रियाशील रहेका छन् । विद्यमान सघन वैचारिक मत भिन्नतालाई नेपालको राजनीतिको अस्थिरताको प्रमुख कारणको रूपमा लिइन्छ ।
विभिन्न क्रान्ति-आन्दोलन-अभियान पश्चात् प्राप्त वर्तमान संविधानकरो सफल कार्यान्वयनको प्रमुख सर्त भनेको राजनैतिक स्थिरता हो । विभिन्न मतमा विभाजित राजनैतिक दलहरूको गठबन्धन तथा एकता विना राजनैतिक स्थिरता सम्भव देखिएन । तसर्थ, संविधानले नै राजनैतिक स्थिरता कायम गर्नको लागि विभक्त मतहरुको एकतालाई प्रोत्साहन गरेको छ । संविधान लागु भए पश्चात् वैचारिक रूपमा अत्यन्त पृथक् दलहरूको सहज गठबन्धन निर्माण संविधानले निर्देशित गरे अनुरूप कै राजनैतिक परिणाम थियो ।
सम्मुखमा रहेको सङ्घ र प्रदेशको निर्वाचन पश्चात् संविधान कार्यान्वयनको प्रथम कार्याभार पुरा हुनेछ । देशको राजनीति संविधानले दिशानिर्देशित गरे अनुरूप राजनैतिक स्थायित्व र आर्थिक संवृद्धिको दिशामा अगाडी बढ्नेछ । राजनैतिक स्थायित्व विना आर्थिक संवृद्धि नेपालको संदर्भमा असम्भव प्राय देखिन्छ । तसर्थ, नेपालको आगामी दिशा राजनैतिक स्थायित्वको दिशा हो । नेपालको संविधानले दिशा निर्देशित गरेको र आम जनताको चाहना प्रतिविम्वित भएको यस तथ्यको बोध नेपालका राजनैतिक दलहरूले गर्न थालेका छन् ।
जसको परिणाम स्वरूप आकस्मिक रूपमा घोषणा भएको वाम एकताको प्रयत्न र त्यसले विकसित गरेको लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयत्नलाई लिन सकिन्छ । वैचारिक रूपमा छिन्न भिन्न रूपमा विभक्त नेपालको राजनीतिमा करिब करिब सात दशक पछि सघन एकताका प्रयत्नहरू देखा पर्न थालेका छन् । यो अत्यन्त प्रगतिशील वर्तमान संविधान अनुकूल नै विकसित भैरहेका घटनाक्रम हुन् । संविधानको मर्मले नै अव्यक्त रूपमा छिन्न भिन्न राजनैतिक दलहरूको अस्तित्वलाई अस्वीकार गरेको छ ।
नेपालको संविधानले अत्यन्त सघन रूपमा एकताबद्ध राजनैतिक शक्तिको भविष्य मात्र सुनिश्चित गरिदिएको छ । थ्रेसहोल्डको प्रावधानले सानासाना दलहरूको स्वतन्त्र अस्तित्वलाई इन्कार गरिदिएको छ । स्थायी रूपमा पूर्ण बहुमतको सरकार निर्माण गर्न अत्यन्त बृहत् गठबन्धन निर्माणको विकल्पलाई निर्विकल्प बनाइदिएको छ ।
यसले कुनै शक्तिले पूर्ण कार्यकाल निर्वाध शासन सञ्चालन गर्न चाहन्छ भने त्यस्तो शक्तिलाई अत्यन्त महवुद र दृघकालिन गठबन्धन र एकता निर्माणको प्रक्रियामा सामेल हुन प्रेरित गरिसकेको छ । स्वरूप पूर्ण रूपमा शासन सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढी रहेको काँग्रेस, एमाले, एमाओवादी, लगायतका दलहरुलार्इ बृहत् गठबन्धन र एकता प्रयासमा लाग्न दबाब सृजना हुँदै गएको छ । त्यसैको परिणाम स्वरुपम बृहत् वाम एकताको नाममा वामशक्तिको ध्रुवीकरण र लोकतान्त्रिक शक्ति बिच निर्माण हुँदै गरेको गठबन्धनलाई लिन सकिन्छ ।
वाम एकताको अभियानले नेपालको राजनीतिमा अत्यन्त धेरै सकारात्मक आशाहरु उत्पन्न गरेको छ । यस अभियानले वैचारिक र संगठानिक रूपमा विभक्त शक्तिहरूलाई एकता र गठबन्धन निर्माणमा लाग्न दबाब सृजना गरिदिएको छ ।
नेपालको सत्ता राजनीति गठबन्धन निर्माण र विनिर्माणमा अभ्यस्त भैसकेको छ । नेपालको राजनीतिमा अत्यन्त असहज र अप्राकृतिक राजनैतिक गठबन्धन पनि स्वीकार्य हुन्छन् । सायद यो राजनैतिक रूपमा अस्थिर राष्ट्रहरूको चरित्र नै हो । त्यसैले हुन सक्दछ, राजनैतिक गठबन्धन निर्माणलाई मात्र राजनैतिक सम्बन्ध निर्माणको स्वरूपमा बुझ्न अभ्यस्त आजसम्मको राजनीतिमा बृहत् वाम एकताको निर्माण भनी सुरु गरिएको प्रयत्नले अनेकन आशंकाहरु उत्पन्न गरेको छ ।
संविधानले दृघकालिन रूपमा बृहत् शक्तिको मात्र अस्तित्व सम्भव हुने मर्मलाई अगिंकार गरेकोले वैचारिक र संगठानिक रूपमा निकटहरु बिचको एकता अभियानको रूपमा प्रारम्भ गरिएको प्रयत्न को रूपमा वाम एकताको अभियानलाई बुझ्न सकिन्छ । दृघकालिन रूपमा वामपन्थीको विचारधारालाई राज्य सञ्चालन प्रक्रियामा प्रभावकारी बनाइराख्न सुरु गरिएको प्रयत्नको रूपमा वाम एकताको अभियान देखिएको छ ।
यसरी वाम एकताको अभियानले प्रत्यक्ष रूपमा राजनैतिक स्थिरता स्थापित गर्ने संविधानको मूल मर्मलाई आत्समाथ गरेर स्थापना भएको विश्लेषण गर्न सकिन्छ । राजनैतिक रूपमा अस्थिर र तत्कालीन स्वार्थपरक गठबन्धन निर्माणमा अभ्यस्त भएको कारण यस एकता अभियानलाई सकारात्मक कदमको रूपमा स्वीकार गर्न विभिन्न पक्षहरुलाई अत्यन्त असहज भइरहेको सहजै अनुभव गर्न सकिन्छ ।
वाम एकताको अभियानले नेपालको राजनीतिमा अत्यन्त धेरै सकारात्मक आशाहरु उत्पन्न गरेको छ । यस अभियानले वैचारिक र संगठानिक रूपमा विभक्त शक्तिहरूलाई एकता र गठबन्धन निर्माणमा लाग्न दबाब सृजना गरिदिएको छ । यस अभियानले वैचारिक रूपमा अत्यन्त पृथक् मान्यता राख्ने शक्तिहरू बिच पनि एकता निर्माणका आधारहरु तय हुन सक्दा रहेछन् भन्ने सन्देश प्रवाहित गरेको छ । वाम एकतासँगै सुरु भएको समाजवादी आर्थिक व्यवस्था निर्माण गर्ने उद्येश्यले संविधान निर्माणको प्रक्रियालाई अझ एक कदम अगाडी बढेर अत्मसाथ गरेको छ ।
नेपालको संविधानका अत्यन्त महत्त्वपूर्ण विशेषताहरू मध्ये समाजवादी आर्थिक व्यवस्था निर्माण गर्ने उद्येश्य पनि एक हो । वाम एकताको अभियानले संविधानको उक्त विशेषतालाई आफ्नो प्रस्थान विन्दुको रूपमा स्पष्ट पारेको छ । यसले नेपालको राजनीतिको बहसलाई वर्तमानको यथास्थितिवाट एक कदम अगाडी बढाउने प्रयत्न गरेको छ । राजनैतिक स्थिरतासंगै पूर्ण कालसम्म शासन सञ्चालन गर्न सक्ने राजनैतिक शक्तिको स्थापनाले संविधानको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछ । संविधान स्थिर दस्ताबेज होइन । आम जनताको चाहना अनुरूप संविधानलाई पनि संशोधन गर्दै लानु पर्दछ ।
अस्थिर राजनैतिक व्यवस्थामा संविधानको परिपक्व संशोधनको सम्भावना अत्यन्त क्षण रहन्छ । संविधानले व्यवस्था गरे अनुरूप पनि सार्थक संशोधनको लागि दुई तिहाइको व्यवस्थाले अस्थिर राजनैतिक अवस्थामा सार्थक संशोधनको सम्भावनालाई निस्तेज गरेको छ । संविधानमा जनताको अपनत्वलाई वृद्धि गर्दै जानको लागि समायानुकुल संशोधन गर्नु पर्ने हुन सक्दछ र त्यसको लागि स्थिर शक्तिहरूको आवश्यकता पर्दछ । तसर्थ, संविधानको कार्यान्वयन मात्र नभै क्रमिक विकासको लागि पनि वर्तमान वाम एकता सकारात्मक प्रयत्नको रूपमा देखा परेको छ ।
जनपक्षिय संविधान निर्माण आजसम्म प्रमुख वामपन्थी दलहरूको प्रमुख मुद्धाहरु मध्ये एक थियो । नयाँ संविधान निर्माणसंगै उक्त राजनैतिक कार्याभार एक तहसम्म पुरा भएको छ । वामपन्थी दलहरूले घोषणा गरे अनुरुपमको राजनैतिक क्रान्ति वा अभिभारा यो स्वरूपसम्म आइपुग्दा कुनै न कुनै रूपमा सम्पन्न भएको देखिन्छ । गणतन्त्र स्थापनासंगै एमालेको बहुदलीय जनवाद र एमाओवादीको नयाँ जनवादी क्रान्तिको रणनीतिले कल्पना गरे अनुरुपमको सामन्तवादको अन्त्य नेपालमा भैसकेको घोषणा स्वय ती दलहरूले नै गरिसकेका छन् ।
यसरी हेर्दा ती दलहरूले आजसम्म अंगिकार गरेको वैचारिक कार्यदिशामा सघन संशोधन वा परिमार्जन गर्नु पर्ने आवश्यकता देखा परि सकेको छ । वर्तमानमा ती दलहरुमा देखिएको वैचारिक रिक्तता (अपुर्णता)लाई पुरा गर्ने सृजनसिल प्रयत्नको रूपमा वाम एकता देखा परेको छ । नेपालका प्रमुख वाम दलले वाम एकताको अभियान प्रारम्भ गर्दा अफुले बारम्बार भन्ने गरेको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेको देखिन्छ । वैचारिक पूर्णताको अवस्थामा विचारमा लचकता कम आउने हुँदा दृघकालिन एकताका बहसका सम्भावना रहदैनन् तर, जब विचार अपुर्ण हुन्छ त्यस अवस्थामा विचारमा लचकताको सम्भावना रहन्छ ।
नेपालका प्रमुख वाम दलले वाम एकताको अभियान प्रारम्भ गर्दा अफुले बारम्बार भन्ने गरेको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेको देखिन्छ । वैचारिक पूर्णताको अवस्थामा विचारमा लचकता कम आउने हुँदा दृघकालिन एकताका बहसका सम्भावना रहदैनन् तर, जब विचार अपुर्ण हुन्छ त्यस अवस्थामा विचारमा लचकताको सम्भावना रहन्छ ।
नेपालका प्रमुख वामपन्थी दलहरूले विचारमा अपुर्णता (वा, कार्यदिशा हिनताको अभाव) देखिएको वर्तमानमा एकताको हुन प्रयत्नको प्रयास गरिरहेका छन् त्यो, अत्यन्त सान्दर्भिक देखिन्छ । वाम एकताको अभियान नयाँ वैचारिक कार्यदिशाको निर्माण गर्दै विद्यमानमा रहेका वैचारिक मतहरुलाई पूर्णता दिनै विश्वास गर्न सकिन्छ ।
एकताको संघारमा उभिएका दुई प्रमुख वाम दलहरू नेकपा (एमाले) र एमाओवादीले पहिले नै आफ्ना महत्त्वपूर्ण दस्ताबेजमा वर्तमानको पुजिवादी लोकतन्त्रको संक्रमणलाई पार पर्दै समाजवादी राजनैतिक आर्थिक व्यवस्था स्थापना गर्ने कुरा केही पहिले देखि नै उल्लेख गर्दै आएका छन् । यही नै वाम एकताको वर्तमानको वैचारिक आधार निर्माण गर्न सक्दछ ।
विश्व वामपन्थी आन्दोलनमा विशेष महत्त्व रहेको नेपालको वाम आन्दोलनले आजको दिनमा लेलिनवाद र माओवादको एक्काइसौं शताब्दिको अन्तरघुलनबाट नौलो वामपन्थी मार्गदर्शक सिद्धान्तको प्रतिपादन गर्न सक्दछ । हाल दलहरूले अगिंकार गरेका मार्गदर्शन सिद्धान्तहरको सकारात्मक सिकाइहरुलाई आत्मसाथ गर्दै र आफूमा रहेको दक्षिणपन्थी, यथास्थितिवादी र उग्रवामपन्थी सिकाइहरुलाई निषेध गर्दै नयाँ मार्गदर्शक सिद्धान्तको विकास हुने देखिन्छ ।
एकतावद्ध वाम शक्तिको मार्ग दर्शन सिद्धान्तको रूपमा अन्य के कस्ता प्रावधानहरु समावेश हुनेछन् त्यो त भविष्यमा देखा पर्नेछन् । तर, अहिलेसम्मलाई के स्पष्ट छ भने वर्तमानको पुजिवादी लोकतन्त्रको संक्रमणलाई पार पर्दै समाजवादी राजनैतिक आर्थिक व्यवस्था स्थापना गर्ने कुरा एकतावद्ध वामशक्तिको आधारभूत कार्यदिशाको रूपमा स्थापित हुनेछ । र, समाजवादी आर्थिक व्यवस्थाको स्थापना नेपालको संविधानको मार्गदर्शक सिद्धान्तले अगिंकार गरेको सिद्धान्त मध्ये एक हो । तसर्थ, वामपन्थी एकता आगामी कार्यदिशा निर्माणको दृष्टिकोणले पनि वर्तमान संविधानको मूल मर्म अनुरूप नै अग्रसर भएको देखिन्छ ।
यसरी वर्तमान राजनैतिक परिदृश्यमा प्रमुख बहसको रूपमा देखा परेको वाम एकता अभियान नयाँ नेपाल निर्माणको सन्दर्भमा अत्यन्त सकारात्म लक्षणहरु सहित सतहमा देखा परेको छ । यसले अगिंकार गरेको मर्मलाई विश्लेषण गर्दा यो नेपालमा राजनैतिक स्थयित्व सृजनाको भावनाले प्रेरित भएको देखिन्छ ।
यसले अगिंकार गरेको समाजवादी राज्य निर्माणको मार्ग दर्शनले देशमा दक्ष्य जनशक्तिको उत्पादन, उद्यम प्रवद्र्धनमा प्रयत्न, रोजगारीका अवसरहरुको सृजना, राष्ट्रिय उत्पादनमा वृद्धि मार्फत पराधिनताको अन्त्य र सवृद्धिको सुरुवातको मार्ग प्रशस्त गर्नेछ । तसर्थ, सतहमा देखा परेका अनेकन शङ्का र आशंकाहरुको निकारकणको लागि वैचारिक छलफललाई तीव्रता दिँदै सुरु भएको बृहत् एकताको अभियानलाई प्रोत्साहित गर्नुमा नै राष्ट्रको दृघकालिन हित हुने देखिन्छ । जनतासमाचारबाट