शिक्षक सेवा आयोग : परीक्षा टिप्स

अनलाइन दर्पण 2017-12-16
img

  बाबुकाजी कार्की

शिक्षण पेसाप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेसाको भन्दा तुलानात्मकरुपमा आकर्षक सेवा सुविधा भएको कारणले पनि सरकारी शिक्षक बन्ने होड चलेको हो। विद्यालय शिक्षाको लागि विगतमा शिक्षक भर्ना गर्ने नीति नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन्। सामुदायिक विद्यालयमा अहिले पनि अठार किसिमका शिक्षकहरु कार्यरत भएको पाइन्छ । राज्यले शिक्षक व्यवस्थापनको लागि दिगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिले सम्म शिक्षक स्थायी गर्ने सम्बन्धी कतिपय मुद्दाहरु जिउँका तिउँ रहेका छन्।

अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि विगतमा अनगिन्ती समिति र प्रतिबेदन तयार भएता पनि आसातित उपलब्धी हुनसकेको छैन्। अस्थायी शिक्षकका समस्याहरु लामो समयसम्म स्थायी रहिरहनु लोककल्याणकारी राज्यको उपहास हो । स्थायीरुपमा देश विकासको अपरिहार्य आधारभूत शर्त शिक्षाजस्तो संवेदनशील क्षेत्रमा राज्यको उदासिनता हुनु दुखद हो। शिक्षा क्षेत्रमा देखिएका अनगिन्ती समस्याहरुमध्ये लामो समयसम्म अस्थायीरुपमा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट स्थायी गर्ने तौरतरिका विवादरहित हुनसकेको छैन्।

बर्षौं अध्यापन गरेका शिक्षकहरु एक्कासि शिक्षक सेवा आयोगको परीक्षा दिनुपर्दा हच्केको पाइन्छ । विद्यार्थीको परीक्षामात्र लिएका आफूले कहिल्यै परीक्षा नदिएका उमेर ढल्किसकेका शिक्षकहरुका लागि आयोगको प्रतिष्पर्धात्मक परीक्षा काउसो बनेको छ । नखाउँ भने दिन भरीको सिकार खाउँ भने कान्छा बाबुको अनुहार भनेजस्तै भएको छ । राज्यले पनि अस्थायी शिक्षकका मागहरु किस्ताबन्दीमा पूरागर्ने प्रबृतिका कारण समस्या र विवाद बल्झिरहेको छ । सामान्य मागहरु पूरा गराउन आन्दोलन नै गर्नुपर्ने, आन्दोलन अगाडी पूरा गर्न नसकिने भनिएर टकटकिएका मागहरु पछि लुरुक्क पूरा गर्ने तर सम्झौता अनुसार कार्यान्वयन नगर्ने राज्यको चरित्रका कारण एकआपसमा विश्वासको संकट हुनु स्वभाविकै हो। आन्दोलनकारी अस्थायी शिक्षकका लागि खाए खा नखाए घिचको शैलीमा विवाद व्यवस्थापन गर्न राज्य तम्सिएको भन्ने गुनासो सत्यताको नजिक छ ।

विद्यमान नीति अनुसार परीक्षा नदिइ स्थायी हुन नसकिने भएकोले परीक्षाबाट डराउनु भन्दा पनि तयारी गरेर सम्मिलित भै स्थायी हुनुको विकल्प अहिले सम्म अगाडी आएको् छैन्। हुन त हामी कहाँ २०४८ सालमा अस्थायी शिक्षकहरुलाई सामान्य प्रक्रिया पु¥याएर स्थायी गरिएको नजिर पनि छ । तथापि अहिलेको परिस्थतीमा स्वतह स्थायी हुने कल्पना धेरै परको विषय हो। तसर्थ अस्थायी शिक्षकहरुले धैर्यतापूर्वक परीक्षाको तयारी गरेर सशक्त र सहजरुपमा परीक्षा दिएर स्वाभिमानीपूर्वक स्थायी हुनु नै उत्तम विकल्प हो। शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि स्थायी गर्नको बिज्ञापन गरेर परीक्षाको मिति समेत तोकीसकेको छ ।

लामो समय सम्म अस्थायीरुपमा कार्यरत शिक्षकहरु परीक्षा दिनको लागि जुटेका छन्। यस प्रतिष्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरुको आकर्षक र मौलिक ठोस उत्तर दिन सक्ने कौशलताले अहम् भूमिका खेलेको हुन्छ । आयोगको परीक्षामा सफलता हासिल गर्न 3C = Content, Context & Communication मा विशेष ध्यान दिनु उचित हुन्छ । Content अर्थात विषयवस्तुको बहुआयमिक अध्ययन हुनु जरुरी छ,। बिषयस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई मौजुदा समसामयिक परिवेश Context  मा समायोजन र सम्बोधन हुनेगरी सहज र सरल भाषामा शटिक उत्तर communicate  गर्नु बुद्धिमानी ठहर्छ । प्रश्नको परम्परात सोझो उत्तरभन्दा पनि innovative खालको तर्कपूर्ण मौलिक उत्तरहरु अधिक अंक प्राप्त गर्न लायक हुन्छन्। परीक्षाको तयारी क्रममा विभिन्न उपायहरु अपनाएर घनिभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लूहरुको जानकारी राख्नु बुद्धिमानि ठहर्छ । परीक्षाको तयारीका लागि स्रोत सामग्रीहरु पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरु, विशिष्टीकरण तालिकालाई विशेष आधार मान्न बिर्सनु हुन्न । विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाई, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ । पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमूना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरुको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न सकिन्छ ।

आयोगबाट निकट भविष्यमा लिइने स्थायी शिक्षकको परीक्षाको तयारी तथा सोधिने बहुवैकल्पिक प्रश्नहरुको उत्तर कसरी दिने भन्ने बारेमा केही टिप्सहरु यहां प्रस्तुत गरिएको छ ।

  • बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडी हुने भएकाले सही उत्तरमा चिन्ह लगाउदा हतपत नगरी धैर्यतापूर्वक निस्कर्षमा पुग्नु पर्दछ,
  • प्रश्नपत्रको सुझाव र प्रश्नलाई राम्रोसंग पढ्नु पर्दछ,
  • आयोगको परीक्षा प्रतिष्पर्धात्मक हुने भएकोले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाति हुनसक्छ,
  • समयको व्यवस्थापनका लागि प्रश्नको संख्या, दिएको अंकभार तथा तोकिएको समयलाई धैर्यतापूर्वकविभाजन गर्नुपर्दछ,
  • पाठ्यक्रममा तोकेका विषयवस्तुहरुको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्रीहरु जुटाउने प्रयाश गर्नु पर्दछ, प्रीण्टेड सामाग्री नपाए पनि अहिले प्रायश सबै संघसंस्थाले आ आफ्नो धभदकष्तभ मा सूचना प्रवाह गरेका हुन्छन । तसर्थ आवश्यक सामग्री वेबसाइटमा खोज्नु पर्छ, यसबाट पछिल्लो ताजा सूचनाहरुको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ,
  • विषयवस्तुअनुसार समयतालिका बनाई नियमितरुपमा विस्तृत र गहन अध्ययन गर्ने
  • आधारभूतकुराहरु थाहापाउने गरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थ समेतको गहन अध्ययन गर्ने,
  • परिभाषामा प्रयोग भएका शव्दहरुको बारेमा शव्दकोष, विकीपिडिया आदी स्रोतसामग्रीबाट विस्तृत जानकारी राख्ने, ० विगतमा सोधिएका प्रश्नहरु तथा नमूना प्रश्नहरुको पर्याप्त अध्ययन तथा हलगर्ने ,
  • प्रश्नपत्रमा लेख्नुपर्ने रोल नं, नाम लगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडि नै भर्ने, संभव भएमा घन्टी बज्नुभन्दा अगाडि, कुनै शव्द वा त्भचmष्लययिनथ को बारेमा यकिन नभएमा शव्दकोष वा अन्य सम्बन्धित स्रोत सामग्री अध्ययन गर्ने,
  • विषय अनुसारको मुख्य अवधारणालाई महत्व दिएर पढ्ने,
  • सामान्य सम्झ्नेभन्दा पनि बिस्तृत जानकारी राख्ने गरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ,
  • आफूभन्दा राम्रो तयारी गरेको साथीसंग छलफल गरेर पढ्नाले कतिपय कुराहरु स्पष्ट र स्थायी हुन्छन,
  •  परीक्षालाई सहज सामनागर्ने मानसिकता तथा शारीरिक, मानसिक, खानपान, आहार विहार सन्तुलित र सहज हुनुपर्दछ,
  • डर, त्राश तथा अनिदो बस्ने तनाव लिने लगायत नकारात्मक प्रवृतिबाट टाढै रहनु पर्दछ,
  • कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दखल र कुनमा कमजोर छु भन्ने जानकारीको आधारमा अध्ययनको समय र सामग्रीको चयन गरिनु बुद्धिमानी ठहर्छ,
  • परीक्षाहलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदि ड्रेसअप पनि सहज र साधारण हुनु पर्दछ,
  • बहुवैकल्पिक प्रश्नहरुको उत्तरमा चिन्ह लगाउदा निर्देशनअनुसार एकै किसिमका लगाउने (रेजा वा गोलो घेरा) ,
  • संभावित र आफूलाई कनफ्यूज लागेको उत्तरमा हतार गरेर एकै पटक स्थायी चिन्ह नलगाउने, सानो संकेत राखेर आफूलाई एकिन अरु सही उत्तर गर्दै जाने र बाँकी बारेमा सोचेर एकिन गर्ने,
  • माथीका सबै भन्ने उत्तरहरु प्रायस सही हुन सक्छन्,
  • माथीका कुनै पनि होइन भन्ने उत्तरहरु प्रायस गलत हुन सक्छन्,
  • दोहोरो नकारात्मक प्रश्नहरले झुक्याउने भएकोले सचेत हुने,
  • लामो प्रकृतिका उत्तरहरु प्राय सही हुन्छन्,
  • समयको व्यवस्थापन राम्रोसंग गर्ने यदि कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छोडेर पछि हल गर्ने, ० प्रश्नहरु हल गरिसकेपछि थोरै समय पुनर्वालोकनका लागि पनि छुट्याउन बिर्सिनु हुदैन,
  • कतिपय प्रश्नका उत्तरहरु त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरहरुसंग पनि मिलेको हुन सक्छन् चनाखो हुने, यदि आफुलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिन्ह लगायबापत एभलबतिथ को प्राबधान नभएमा अन्दाजको भरमा पनि चिन्ह लगाउने र कुनै पनि प्रश्न नछोड्ने,
  • एकपटक चिन्ह लगाईसकेपछि त्यही प्रश्नको उत्तरमा फेरी केरमेट गरेर अर्को चिन्ह लगाउनुको कुनै अर्थ छैन्,
  • परीक्षा सकेर बाहिर निस्केपछि भएका कमजोरीहरुलाई भविष्यमा अन्य परीक्षाको तयारीको लागि काम लाग्ने हेतु समीक्षा गर्नु बुद्धिमानि हुन्छ । 

सम्बन्धित समाचार