राजविराजमा हल्ला छ एमालेलाई जिताउने सल्लाह छ ।

अनलाइन दर्पण 2017-12-16
img

  बबिता कार्की

बबिता कार्की- आगामी असोज २ गते स्थानीय तहको चुनाव हुने पक्का पक्की छ । यो चुनाव विगत असार १४ गते नै हुने सन्दर्भमा मैले लगभग १२–१३ वटा लेख लेखेको थिएँ । त्यो लेख खासगरी एमालेका उम्मेदवार सुखराम यादव महिलाहरुको हकहित गर्ने ब्यक्तित्व हुनुहुन्छ भन्ने सन्दर्भमा थियो । त्यो लेखहरुको सम्बन्धमा धेरै ब्यक्तिहरुले सुझाव दिएको र उत्साहित गरेका थिए ।

सायद असार १४ गते चुनाव भएको भए म पनि निरन्तरता दिने कोशिश गर्थें । चुनाव स्थगित भयो र मेरो कलम र उत्साह पनि रोकियो अव पुनः यहाँहरु समक्ष उपस्थित भएकी छु । यो लेख मेरो निजी विचार हो । सहमत असहमत जे भए पनि सकारात्मक सुझावको अपेक्षा राखेकी छु । मलाई थाहा भए अनुसार संघीयता भएको विश्वको कुनै मुलुकमा स्थानीय तह वा निकायमा पार्टीको चिन्ह हुँदैन ।

स्थानीय तह वा निकायको सन्दर्भमा देशको मूल कानून संविधानमा अधिकारक्षेत्र पनि तोकिएको हुँदैन । तर हाे नेपालमा छ । यसलाई नविनतम नै मान्नु पर्दछ । यसको साथै स्थानीय निकाय वा तह प्रदेश (संघ) अन्तर्गत हुन्छ । तर नेपालमा प्रदेशको मातहत स्थानीय तह छैन । त्यसैले गर्दा आगामी असोज २ गते हुने चुनाव स्थानीय तह वा स्थानीय निकायको चुनाव भन्नु भन्दा पनि स्थानीय सरकारको चुनावको संज्ञा दिँदा अन्यथा हुँदैन ।

अव सन्दर्भमा उठाउन चाहन्छु– राजविराज नगरपालिकाको चुनावको । हो, एउटा कुरा सत्य हो की सुखराम यादव अत्यन्तै भयावह र प्रतिकूल परिस्थितिमा एमालेको तर्फबाट मेयरमा चुनाव लड्ने निर्णय लिनु भयो । त्यो निर्णय लिँदा भित्री भागमा जे जो भए पनि वाह्य रुपमा वहाँको संग, साथ सडकमा हिड्ने र उभिने अधिवक्ता राम कुमार यादवको सोच, दृष्टिकोण र साहसलाई अभिवादन गर्नैपर्छ, एमालेहरुले ।

असार १४ गतेको  चुनाव स्थगित भयो र मेरो कलम र उत्साह पनि रोकियो अव पुनः यहाँहरु समक्ष उपस्थित भएकी छु । यो लेख मेरो निजी विचार हो । सहमत असहमत जे भए पनि सकारात्मक सुझावको अपेक्षा राखेकी छु । मलाई थाहा भए अनुसार संघीयता भएको विश्वको कुनै मुलुकमा स्थानीय तह वा निकायमा पार्टीको चिन्ह हुँदैन ।

जसको कारण आज राजविराज लगायत सम्पूर्ण सप्तरीमा एमालेहरु म एमाले हुँ भनि जुर्मुराएको छ । म जीत र हारको गणितको विषयमा केही भन्ने पक्षमा छैन । तर यति त अवश्य भन्न सक्छु की आगो बलेको र भयावह परिस्थितिमा एमालेको उम्मेदवारी स्वीकार गर्नु र पार्टीले पनि उम्मेदवारी घोषणा गर्नु सुखराम यादवको जीतको शुभ संकेत हो । यसकारण जीतको शुभ संकेत हो की विकट परिस्थितिमा सुझबुझको साथ परिस्थितिलाई सहज बनाउन सक्नु नै सुखराम यादव लगायत वहाँको टिमलाई कुशल नेतृत्वकर्ता मान्नुपर्छ ।

यहाँनेर के कुरा बुझ्न जरुरी छ की सुखराम यादव आफु मात्र केही होइन, वहाँको पछाडी दृष्य अदृष्य पार्टीको पंक्ति छ । कसैलाई भ्रम नहोस् की एमाले पार्टीको भित्रबाट वहाँलाई धोखा वा अन्र्तघात हुन्छ । एमाले पार्टी सिद्धान्त, नीति र निर्णय प्रकृयाबाट चल्ने पार्टी हो । एमाले पार्टीको संगठनात्मक पद्धति अनुसार तल्लो तहदेखि माथिल्लो तहसम्म मेयर पदको उम्मेदवारको रुपमा प्रस्तुत गरिसकेको छ ।

तदनुरुप पार्टी पंक्ती कृयाशील पनि भईसकेको छ । उम्मेदवारको रुपमा मेयर सुखराम यादव र उपमेयर ममता चौधरी वडा वडामा प्रचार प्रसारमा उत्रिसकेको छ । वडा स्तरको उम्मेदवारी चयन कोण सभा, ब्यक्तिगत र सामुहिक भेटघाटको साथै वडास्तरीय प्रचार प्रसारको कार्यालय स्थापना गर्ने कार्य पनि भईरहेको छ । यी र यस्ता गतिविधीबाट अतालिएर सुखराम यादव मेयरको उम्मेदवार नहोस् भन्ने मनसायले अन्य गैरएमालेले पनि टिकटको दौडधुप गरेको आधारमा मात्र सुखराम यादवले टिकट पाउँदैनन्, फलानोले पाउँछ भन्ने हल्ला ब्यापक र तीव्र रुपमा फैलियो र फैलायो ।

अन्त्यमा हल्ला फिजाउनेले किन फिजायो, के का लागि फिजायो ? त्यसबाट के परिणामको अपेक्षा राखेको थियो ? त्यो त फिजाउनेले नै जानून । म त भन्न सक्दिन । तर त्यो हल्लाबाट अव जनताहरु आपसी सल्लाह गर्न थालेको छ की सुखराम यादवलाई नै जिताउनुपर्छ, जित्नुपनि पर्छ र जित्छ पनि । अव हेरौं के हुन्छ ?

त्यति मात्र कहाँ हो र ! अझ सुखराम यादवको चरित्र हत्या हुने र बदनाम गराउने देखि वाधा, अवरोध, गोली हान्ने, बम हान्ने सम्मको धाक, धम्की षडयन्त्रका तानावाना बुन्ने काम जारी छ र निर्वाचन सम्पन्न नहुञ्जेल र यी र यस्ता प्रचारका समाचारहरु नगरका नागरिकहरुले सुन्न बुझ्न बाँकी नै छ । तर त्यसबाट नगरका नागरिकहरु आत्तिनुपर्ने र विष्मय हुनुपर्ने जरुरी छैन । निर्वाचनमा विजय नजिक पुग्न लागेको उम्मेदवारलाई यस्ता घटनाको सामना गर्दै जानुपर्छ । न्यायगर्ने काम जनताको हो । जनता जिते सुखराम जित्छ, जनता हारे सुखराम हार्छ । इतिहास साक्षी छ जनता कहिले पनि हारेको छैन । त्यसैले म भन्छु राजविराजमा हल्ला छ, सुखराम जिताउने सल्लाह छ । अस्तु ।

यो सामग्री हामीले नटखट दैनिकबाट लिएका हौँ

सम्बन्धित समाचार