त्रिभुवन बिश्वबिद्यालयका डिनलाइ विद्यार्थीको खुल्ला पत्र

अनलाइन दर्पण 2017-12-16
img

  सुवास बि.सी

मिति २०७४।०५।१३

श्री डीन ज्यू,

नमस्कार ! आराम छु आराम चाहान्छु । त्रिभूवन विश्वविद्यालय नेपालकै ठूलो र विशिष्ट पहिचान बोकेको विश्वविद्यालय भएको हजुरलाई अवगतनै छ । जव म कक्षा १२ मा पढ्दै थिए त्यतिबेला मलाई लाग्थ्यो यस बिश्वविद्यालयमा पढ्नेले छातिमा हात राखेर गर्वका साथ म नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयमा पढ्छु भनेर कति सान गर्छन होला तर दुर्भाग्य त्रिभुवन बिश्वविद्यालय मैले सोचेको जस्तो रहेनछ जब म यस विश्वविद्यालयमा अध्ययन गर्न लागे तब मलाइ यस बिश्वविद्यालयमा पढ्छु भनेर भन्न पनि लाज लागेर आयो यसको लथालीङ्ग अबस्था देखेर । यस बिश्वबिद्यालका बार्षिक कार्यक्रममा पनि थुप्रै लापरवाहीहरु छन् तर आज म हजुरलाई यस बिश्वबिद्यालयका सेमेष्टर प्रणालीका कार्यकक्रममा भएका विथितिहरुको बारेमा ध्यानाकर्षण गराउन
चाहन्छु ।

मलाई अचम्म लाग्छ यस बिश्वबिद्यालयको गतिविधि देखेर र सोच्ने गर्दछु यस्तै तवरले गति दीने हो भने स्नातक तहको सेमेष्टर प्रणाली यसले थेग्न सक्दैन । यस विश्वविद्यालयले सेमेष्टर प्रणाली स्नातक तहमा लागू त गरेको छ तर अहिले सम्म त्यस्ता कायृक्रममा समयमै सम्पन्न गर्न आÏनो पात्रो सम्म निर्माण गर्न सकेको छैन । तपाईहरु लेख चाही राम्रो राम्रो लेख्नुहुन्छ तर त्यो कुरा व्यबहारमा लागू गर्नुहुदैन । तपाइहरुले सार्वजनिक कार्यक्रममा यस बिश्वबिद्यालयमा समेष्टर प्रणाली चलाएका छाै भनेर बडो शिर उच्च बनाएको देखेर अचम्म लाग्छ तपाइलार्इ विधितै छ आइ.सि.टी दोश्रो सेमेष्टरको परिक्षा २०७३ माघ महिनामा सम्पन्न भएको हो तर तपार्इहरु सँग पात्रो नभएर हो या बिर्सीनु भएर हो अहिले ७ महिना बिति सक्दा सम्म पनि त्यसको नतिजा प्रकाशन गर्न सक्नुभएको छैन । यदि दोश्रो सेमेष्टरको परिक्षा भएकोे मिति बिर्सिनुभएको हो भने म हजुरलार्इ एउटा पात्रो पाठाइदिन्छु त्यो पात्रोमा हेरेर परिक्षा सम्पन्न भएको कति समय भएछ एकिङ्ग गर्नुहोला । अर्को लजास्पद कुरा त के छ भने त्रिभुवन बिश्वविद्यालय जस्तो शैक्षिक केन्द्रमा समय विति सक्दा पनि स्नातक तह आइ.सि.टी तेश्रो
सेमेष्टरको परिक्षा फर्म नखुल्दा विद्यार्थीहरुले परिक्षा फर्म खोल्नुपर्याे भनेर सम्झाउनु पर्छ । विद्यार्थीको दबाब ले जबरजस्ति तपाइहरु फर्म खोल्नुहुन्छ अनि परिक्षा दशै अघि गर्न नसक्ने भनेर निर्णय गर्नुहुन्छ ।गरिबका छोराछोरी आफ्नाे भविष्य माथि खेलबाड भइरहेको देखेर परिक्षा जसरी भए नि दशै अघि गर्न दबाब दिन्छन तर तपाई यीनै गरिबका छोराछोरिको पसिना मा ऐस गरेर बस्न बानि परेकोले सेमेष्टर प्रणालीमा स्नातक तह तेश्रो सेमेष्टरको परिक्षा दशै पछि ९ महिनामा परिक्षा गराएर ४ बर्षमा सकिेने स्नातक तह ८ बर्ष लगाउन चाहानुहुन्छ । तपाईले हामी बिद्यार्थीलाई कुन नजरले हेर्नु भएको छ त्यो हामीहरुलाई थाहा छैन हामीलाई यति मात्र थाहा छ हामी गरिब आमाबाबुका सन्तति हाै हामीलाई पढाउनको लागि हाम्रो अभिभावकले धेरे दुःख गर्नु भएको छ । यदि बिश्वबिद्यालयको यस्तै गति हुने हो भने ४ बर्षमा सकिने स्नातक तह ८ बर्ष लाग्छ । हामीहरु गरिबका छोराछोरी भएकोले ४ बर्ष लाग्ने स्नातक तह ८ बर्ष सम्म पढ्न सक्दैनौ किनकी हाम्रो अभिभाबकले पढाउन सक्नुहुदैन ।

आदरणीय डीन ज्यू तपाइले नदेखेका तर विद्यार्थीले प्रत्यक्ष भोगेका समस्या म यहाँ राख्न चाहन्छु ।

  • सेमेष्टर प्रणालीमा अहिले सम्म अाफ्नाे शैक्षिक पात्रो नहुनु ।
  • श्चित समयमा परिक्षा नहुनु ।
  • आइ.सि.टी शिक्षकहरुलाई ओरिन्टेसनको व्यवस्था नहुनु ।
  • समयमै नतिजा प्रकाशन गर्नु नसक्नु ।
  • प्रश्नपत्र पाठ्यक्रम भन्दा बाहिर बाट आउनु (प्रथम सेमेष्टरको अब्गे्रजी विषयमा) आई.सि.टि लागू भएका सम्पूर्ण क्याम्पसमा राम्रो सँग अन्तरक्रिया गर्न नसक्नु ।
  • सेमेष्टर प्रणालीमा मौका परिक्ष्ाँको व्यबस्था नहुनु ।
  • सेमेष्टर प्रणाली अनुसारका पाठ्यपुस्तक निर्माण गर्न नसक्नु । आदि

यस्ता खालका विविध मुद्दाहरु जुन हजुरले देख्नु भएको छैन यीनीहरुबाट विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन् । तपाइले एकचोटि हामी विद्यार्थीको ठाउमा बसेर हेर्नुहोस त कति दयनिय अबस्था छ । जब विद्यार्थी आÏनो भविष्य माथि खेलबाड गर्न लागेको देखेर चिन्तित हुदैँ हजुरलाई उत्तरदायी बनाउन डीन कार्यालय पुग्छ त्यतिबेला तपाइले बोलेको शब्दले कति नमिठो प्रहार गरेको छ हामी विद्यार्थी माथी । तपाईले भन्नुभएको थियो "डिन कार्यालय क्याम्पस होइन जहाँ विद्यार्थि दिनौ दिन आइरहन्छन् ।” यो वाक्य बोलिरहँदा हजुरलाई यो हेक्का होस् तपाइ यिनै विद्यार्थीबाट असुलेको चर्को फी बाट त्यहा विलाशिलताको जिवन बिताइरहनु भएको छ । बिद्यार्थिहरुलाई धेरै निरासा बनाउने काम नगर्नुहोला बिद्यार्थी एउटा व्यक्ति मात्र होइन ऊ परिबर्तनको सम्बाहक पनि हो । जब सम्म यस विश्वबिद्यालयले विद्यार्थीको पक्षमा काम गर्दैन तब सम्म दिनौ दिन डिन कार्यालय धाउनु त सामान्य हो डिन कार्यालयको दैलोमै धर्ना तथा अनसन बस्न तयार छौ ।

हामी बिद्यार्थीहरुलाई कमजोर ठानेर यस्ता गतिबिधि गर्न बाध्य नबनाउनु होला । यदि तपाइ“को नैतिकताले दिन्छ भने हजुरले आजसम्म राजिनामा दिइसक्नु पर्ने हो किनकी तपाइ“ डिन भएर न समयमा परिक्षा गराउन सक्नु भएको छ न नतिजानै प्रकाशन गर्न सक्नु भएको छ । तपाइ“ एक चोटि फेरि मनन गर्नुस् त सेमेष्टर प्रणालीमा बिश्वको कुन बिश्व विद्यालयले परिक्षा भएको ७ महिना बिति सक्दा पनि नतिना प्रकाशन गर्न सकेको छैन । कुर्र्चिमा बसेर मात्र केही हु“दैन यदि काम गर्न सक्नुहु“दैन भने । मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ । तपाईले चाहनु भयो भने मात्रै पनि आई.सि.टि ले ठूलो फड्को मार्न सक्छ । त्यसैले हामी विद्यार्थीका यस्ता समस्यालाई समाधान गर्न तर्फ ध्यान दिनुहोला । हामी आशा वादि छौ“ स्नातक तह तथा स्नातकोत्तर तहको कुनै पनि सेमेष्टरको परिक्षा र नतिजा प्रकाशन समयमै होस् ।


तपाईको आज्ञाकारी छात्र
सुवास बि.सी
सुर्खेत क्याम्पस(शिक्षा)
बीएड.आई.सि.टि.

सम्बन्धित समाचार