सन्ताेष विष्ट
नेपाली विद्यार्थाी आन्दोलनको गौरवशाली इतिहाँस छ । नेपालमा भएका विभिन्न आन्दोलनहरुमा विद्यार्थीहरुले अग्रमोर्चामा रहेर लडेका छन । तर गर्बिलो इतिहाँस बोकेको विद्यार्थी आन्दोलन पछिल्लो समयमा आएर केही सिथिल बनेको छ । दिशाविहिन भएको छ । किन विद्यार्थी आन्दोलन पहिलेजसरी प्रभावी ब्रन्न सकिरहेको छैन रु के साँच्चै अब नेपालमा हुने महत्वपूर्ण राजनीतिक, सामाजिक र शैक्षिक परिवर्तन र आन्दोलनहरुमा विद्यार्थीको भूमिका सकिएकै हो रु शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा निष्क्रिय विद्यार्थी आन्दोलनको वर्तमान अवस्थाले यस्ता केही गम्भीर प्रश्नहरुलाई जन्म दिएको छ ।
आन्दोलनः एक चर्चा
नेपालको विद्यार्थी आन्दोलनको इतिहाँस केलाउँदा औपचारिक रुपले यसले संगठनात्मक स्वरुप धारण नगर्दै विद्यार्थीहरु आन्दोलनमा संलग्न भइसकेको पाइन्छ । गंगालाल श्रेष्ठ लगायतका युवा विद्यार्थीहरुले वि।स। १९९३ सालदेखि जहाँनिया राणा शासनविरुद्ध राजनीतिक अभियान सञ्चालन गरेको देखिन्छ । यहीकारण वि।स। १९९७ मा विद्यार्थी नेता गंगालाल सहित चारजना योद्धाहरुलाई राणाहरुले फाँसी दिएका थिए । त्यस बखत सहिद गंगालाल त्रिचन्द्र कलेजका विद्यार्थी हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको हिसाबले गंगालाल प्रथम विद्यार्थी सहिद हुन् । सङगठित रुपमा नेपाली विद्यार्थीहरुले २००४ सालमा जयतु सँस्कृतमको आन्दोलन गरेका थिए । यो आन्दोलन हुँदासम्म नेपालमा विद्यार्थी सङगठनको स्थापना औपचारिक रुपमा भइसकेको थिएन । गंगालालको साहदत र यही आन्दोलनको ऊर्जाबाट प्रेरित भई २००६ सालमा अखिल नेपाल विद्यार्थी फेडेरेसन ९अनेविफे०को स्थापना भयो । जयतु सँस्कृतमको आन्दोलनदेखि आजसम्म आउँदा नेपाली विद्यार्थी आन्दोलनले कबिर सात दशक टेक्नै लागेको छ । विद्यार्थी सङ्गठन स्थापना भएको नै ६८ वर्ष पार भईसकेको छ । यहाँसम्मको यात्रा क्रममा ००७, ०३६, ०४६, ०५२ देखि ०६२ र ०६२÷६३ सालका राजनीतिक महत्वका गम्भीर र कोशेढुंगे आन्दोलनमा विद्यार्थी मोर्चा अग्रभागमा उदाएको इतिहाँस साक्षी छ ।
त्यसैले विद्यार्थी संङ्गठनलाई संघर्षको पर्याय मानिन्छ । राष्ट्रसामु गम्भीर समस्या एवं अप्ठ्याराहरु पैदा हँदा होस या आम नागरिकका हक अधिकार खोसिदा जहिल्यै विद्यार्थी सङ्गठनहरु सशक्त संघर्षमा उत्रिएका छन् । जहाँनिय राणा शासनदेखि निरंकुश राजतन्त्रको अन्त्य गर्न भएका विभिन्न राजनीतिक आन्दोलनसम्म विद्यार्थीहरु उर्लिए । शैक्षिक अधिकार र एजेन्डाका लागि त झनै विद्यार्थी मोर्चा स्वभाविक रुपमै लाग्ने भईहाले ।
विद्यार्थी आन्दोलनको इतिहास हेर्दा विद्यार्थी सङ्गठनहरुले आफ्नो भूमीका दह्रो ढंगले पुरा गरेको छ । राणाकालदेखि राजतन्त्र अन्त्यसम्म भएका सम्पूर्ण राजनीतिक आन्दोलनको अगुवाई विद्यार्थी आन्दोलनले ग¥यो । पञ्चायतकालीन अवस्थामा पार्टीहरु प्रतिबन्धित हुँदा राजनीतिक दलहरुले निभाउनुपर्ने भूमकिा समेत विद्यार्थीहरुले निभाएका थिए । निर्विकल्प भनिएको पञ्चायतलाई विकल्प सोच्न बाध्य पार्ने अवस्थामा विद्यार्थी आन्दोलनले सिर्जना गराएको थियो । विद्यार्थी आन्दोलनको दबाबले नै धेरै राजनीतिक पार्टीहरुलाई अग्रगमनको नारा तय गर्न बाध्य पारेको थियो । संविधानसभा र गणतन्त्रको एजेण्डा नेकपा ९माओवादी० बाहेक सबै दलले धेरै पछि स्वीकारेका थिए । मातृपार्टीहरुले परिवर्तनका मुद्दाहरुलाई आत्मासाथ नगर्दै ती दलका विद्यार्थी नेताहरुले स्वीकारेका थिए । राजनीतिक दलहरुभन्दा पहलिा भएका थिए, विद्यार्थीहरु परिवर्तनका एजेन्डाहरुको मर्म बुझ्नलाई ।
यति गहन विरासत बोकेको आन्दोलन अहिले अन्यौलतामा फसेको छ । जब कि विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने अनिगिन्ती मुद्दाहरु छन । आवाज बलियो बनाउनुपर्ने शैक्षिक, सामाजिक, राजनीतिक ऐजेण्डा प्रसस्त छन् । तर विडम्बना विद्यार्थी संगठनहरु सही समयमा सही निर्णय गर्न नसक्दा कुहिरोको कागझैं रुमलिरहेका छन् । जब कि एक दर्जनभन्दा बढी संख्यामा विद्यार्थी संगठनहरु अस्तित्वमा छन् । आन्दोलन गर्नपर्ने बेलामा उनीहरु किन चुकिरहेका छन रु बिश्लेषण र आत्मासमीक्षा गर्ने बेला भईसकेको छ । एकातिर सशक्त रुपमा आन्दोलन नहुने, भइहाले पनि लाजगालका लागि हुने रोग पनि छ, विद्यार्थीमाझ । त्यसैले आन्दोलन भईहाले पनि सहि निस्कर्ष ननिस्कने अवस्था छ । अझ बिडम्बना अहिले कामचलाउ शैलीको आन्दोलन हुने गरेको छ । परम्परादेखि चलिआएको आन्दोलन मनाइदिऔं न त भन्ने कमजोर सोचबाट आन्दोलन निर्देशित हुन थालेको छ । मानौं विद्यार्थी संगठनहरुले दशैं, तिहारजस्ता परम्परामा आधारित चाडबाडहरु मनाइरहेका छन् । यस्तो चिन्तनबाट विद्यार्थी आन्दोलनले गति लिन नसक्नु अपेक्षित नै हो ।
विद्यार्थी आन्दोलन कमजोर हुनुमा कुनै एजेन्डामा एउटा पक्षसँग सहमति हुने तर लागू चाहिँ नहुने अवश्थाको सिर्जनाले पनि हो । अनि सत्तामा भएको पार्टीका भातृ संगठनहरु आन्दोलनको मैदानमा उत्रन नचाहने प्रवृतिले पनि हो । सत्ता बाहिर बस्दा त्यही एजेन्डामा धुवाँधार विरोध गर्नेहरु मातृपार्टी सत्तामा उक्लिना साथै यु टर्न भएर प्रस्तुत हुन्छन् । यो बिडम्बना नै हो । विद्यार्थी समाजको बौद्धिक शक्ति भएकोले कुनै पनि एजेन्डालाई स्वतन्त्र चिन्तन र विश्लेषण गरेर मात्रै निर्णय गर्छ भन्ने अपेक्षा हुन्छ । तर उनीहरु परम्परागत राजनीतिक देलका दबाब समूहजस्ता मात्रै देखिनु झनै बिडम्बना हो । फगत राजनीतिक गोटीको अवस्थाबाट जबसम्म विद्यार्थी संगठनहरु बाहिर आउन सक्दैनन् तबसम्म अहिलेको अन्यौलताको अन्त्य हुनेवाला छैन ।
हरेक अँध्यारो पाटोको अर्को भागमा उज्यालो हुन्छ भनेझै ०६३ पछि विद्यार्थी संगठनहरुमा संयुक्त सहकार्यको विकास पनि भइरहेको छ । यसलाई आशालाग्दो मान्न त सकिन्छ तर पर्याप्त छैन । मातृ पार्टीहरुमा मिल्ती भए पनि नभएपनि विद्यार्थी संगठनहरुमा भने सहकार्य गर्ने झिनो अभ्यासको विकास भईरहेको छ । अन्यौलताको बखतमा यो एकदम सकारात्म कुरा हो । भिन्न विचार, भिन्न दर्शन र भिन्नै लक्ष्य तथा संगठनात्मक संजाल भएका विद्यार्थी संगठनले साझा मुद्दा पहिल्याई संयुक्त आन्दोलन गर्नु भनेको सकरात्मक विषयको द्योतक हो । तर परिणाममा यी आन्दोलन, यी सहकार्य र यो अभियानले के दियो भन्ने हेर्नु पर्दछ ।
आजकाल पहिलाजस्तो क्याम्पसहरुमा विद्यार्थी संगठनहरु लडेको भिडेको अप्रिय समाचार सुन्न परेको छैन । यसलाई मात्र हामीले कायम राख्न सक्यौं भने पनि गज्जबको सकारात्मक सन्देश पर्वाह हुन्छ, जनमानसमा । विद्यार्थीले सहकार्य गर्दा आम विद्यार्थी र अभिभावकहरु लाभान्वित हुँदा मात्र सहकार्य र सहयात्राको अर्थ लाग्छ । नत्र भने विद्यार्थी संगठनहरुले एक्लै यात्रा गरुन् कि सँगै रु खास अर्थ राख्दैन । हाम्रो देशमा राजनैतिक रुपमा थोरै मात्रामा भए पनि परिवर्तन भए । तर हाम्रा सोचाइ बुझाइमा परिर्वन हुन सकिरहेको छैन । हाम्रा सोचाइ, बुझार्इ अनि ब्यवहारमा पनि बदलाव अउन अवश्यक छ ।
अबको बाटोः
फेरिएको परिस्थिति अनुरुप जुन ढङ्गले विद्यार्थी संगठनहरु रुपान्तरण हुनुपर्थो त्यो नहुँदा आन्दोलन नै धरासायी भइरहेको छ । बिद्यार्थीको कार्यशैली विगतमा जे थियो अहिले पनि त्यही छ । विद्यार्थी आन्दोलनको अबको बाटो कस्तो हुने रु ऐजेण्डाहरु के–के हुने रु आन्दोलनको बाटो राजनीतिक क्रान्तिको हो या सामाजिक क्रान्तिको रु शैक्षिक मुद्दामा मात्रै केन्द्रित हुने हो कि अन्य मुद्धाहरु पनि उठाइरहने रु यस्ता आधारभूत प्रश्नहरुमै विद्यार्थी संगठनहरु अन्यौलमा छन । फरक फरक राजनीतिक सिद्धान्तमा विश्वाश गर्ने भिन्न भिन्न संगठनहरु भएकोले यस्तो भएको हुनसक्छ । तर सबैले मानेको कुरा के हो भने अहिले राजनीतिक परिस्थिति फेरिएको छ । राजनीतिक मुद्धा उठाउन र आन्दोलन गर्न राजनीतिक पार्टीहरु नै खुल्ला छन । यो बेलाविद्यार्थी संगठनहरु पहिले भन्दा सहझ ढङ्गले शैक्षिक मुद्धामा केन्द्रीत हुन सक्छन । आन्दोलन गर्न उनीहरुका सामु अनगिन्ती शैक्षिक मुद्दाहरु छन । पछिल्लो समय देखिएको मौसमी आन्दोलन गर्ने परिपाटीको अन्त्य गर्दै सकारात्मक निस्कर्ष निकाल्ने गरि आन्दोलित भइरहे विद्यार्थी आन्दोलनको गुमेको साखः फेरी पुर्नस्थापीत हुनेछ । अहिले आन्दोलनमा देखिएको दिशाहिनता पनि अन्त्य हुने छ । विद्यार्थी संगठन र आन्दोलन एकअर्कोका परिपुरक हुन् । यी विषयलाई नेतृत्वले पनि बुझ्न आवश्यक छ । परेको बेला काममा नआउने कुनै पनि वस्तुको औचित्य रहदैन । नेपालमा विद्यार्थी संगठनको स्थापना आन्दोलनकै बीचबाट भयो विघटन पनि आन्दोलनकै कारण नहोला भन्न सकिन्न । यस बिषयमा गम्भिरता आउन पर्छ ।
अहिलेसम्मको विद्यार्थी संगठनहरुको इतिहाँस ठूला राजनीतिक परिवर्तनका बलिया खाँबोको रुपमा स्थापित नै छ । यही अनुरुप अब हामीले शैक्षिक विषयवस्तुहरुलाई समेत स्थापित गर्न लाग्नुपर्छ । शैक्षिक नीतिदेखि कार्यान्वयनमा समेत हामीले राज्यलाई खबरदारी गर्नैपर्छ । जसरी हिजो हामीले निश्चित राजनीतिक लक्ष्य प्राप्तिका लागि एक भएर काम ग¥यौं शैक्षिक उपलब्धि प्राप्तिका लागि समेत सोही मिलन देखाउन आवश्यक छ । हामीले अबको शिक्षा नीति कस्तो हुने रु विश्व बजारमा खपत हुनसक्ने जनशक्ति कसरी पैदा गर्न सकिन्छ भनेर बौद्धिक बहस र छलफल चलाएर अभियानकै स्वरुपमा लैजान सक्छौं ।
खासगरी आज सार्वजनिक र निजी शिक्षण संस्थाहरुमा पढ्ने विद्यार्थीको नतिजामा जुन किसिमको विशाल दरार छ त्यसलाई चिर्ने कुरामा ठूलो धक्कासहितको अन्दोलनको खाँचो छ । सार्वजनिक शिक्षालयहरुको अवस्था यति दयनीय छ कि हामी राजनीति गर्नेहरु र नीति निर्माण तहमा पुग्नेहरु हिजो त्यही शिक्षालयका उत्पादन हौं भनेर खुलाउन समेत लाजमर्दो अवस्था छ । जहाँ सार्वजनिक शिक्षालयहरुको अवस्था कमजोर छ त्यो देश विकासमा समेत पछौटे छ । युरोप, अमेरिका, जापाना जस्तो अति विकसित देशहरुमा सार्वजनिक विद्यालयमा भर्ना हुन नसकेपछि मन अमिलो पारेर निजीमा भर्ना हुनुपर्छ । हामीकहाँ ठीक उल्टो छ । सरकारी विद्यालयमा आफ्ना सन्तान् अध्ययन गर्छन् भन्नलाई हिच्किनाउनुपर्छ । अरुले समेत हेय भावले हेर्छन् । यो सामाजिक अवस्थाको सिर्जना शिक्षामा देखिएका केही गम्भीर नीतिगत त्रुटिहरुले गर्दा उब्जिएको हो । यसलाई सच्याउन विद्यार्थी संगठनहरुले पहल कदमी लिनुपर्छ । यो स्थिति उल्टाउन विद्याथीहरुले साँच्चै नेतृत्व गर्न सक्ने हो भने नेपालको शिक्षा क्षेत्रमा कसैले नचिताएको क्रान्ति सम्भव छ । यसले विद्यार्थी संगठनहरुमाथि लाग्दै आएको राजनीतिक दलहरुको सदावहर गोटी बन्ने गरेको आरोपको समेत गतिलो जवाफ हुनेछ । अब विद्यार्थी संगठनहरुले यस्ता कोशेढुंगे बाटोतर्फ अग्रसर हुनैपर्छ ।
९ बिष्ट क्रान्तिकारीका पूर्व अध्यक्ष हुन ।०