सुरेश प्रसाद निरौला
धेरै विद्वान मित्रहरुका लेख, रचना, अभिव्यक्ति, आक्रोश, माग, समर्पण, जिम्मेवारी, बाचा–बन्देज आदि कुराहरु सामाजिक सन्जालै भरी पढ्न, देख्न र बुझ्न पाइयो । यहाँहरुका कुराहरु असाध्यै राम्रा छन् , मर्ने–मार्ने, लड्ने–लडाउने, पाए राष्ट्रपति, प्रधानमंत्री, मंत्री वा मुख्य सचिव, सचिव, साथै देशका मुख्य मुख्य निकायहरुका प्रमुख पदहरुको जिम्मेवारी लिने कुरा, मलाई दिए, हामीलाई दिए, यसो गर्थे, उसो गर्थे आदि इत्यादी ।
कुरा सुन्दा रमाइलो लाग्छ, अझ उँहाहरुको स्पिड हेर्दा त मानौ यो देशको काचुलिनै फेरीहाल्लान जस्तो छ । तर मित्र हो यहाँहरुले नै कुरा उठाए जस्तो के राष्ट्र यसैगरी चल्छ ? बाटा बाटै बाट सरकार मंत्री, सचिव आदि बन्ने बनाउने कुरा पनि हुन्छ? यसको विधि , विधान, प्रकृया आदि केही हुँदैन र ! एउटा वडाको सदस्य समेत जितेर देखाउन नसक्ने लठुवाले राष्ट्रपति, प्रधानमंत्री, मंत्री, सचिव ताक्दै यो ठाँउ प्राप्त भए म यसो गर्ने थिए, उसो गर्ने थिए भन्नु यसको कुनै तुक छ र ? प्रकृया, विद्यी–विद्यान र्निवाचन आदिबाट आउनुहोस् अनि तपाईहरुले चिताएको जस्तो कार्य गरेर देखाउनुहोस् । भईहाल्यो नि किन बाटोमै रोइलो मचाउनुहुन्छ । अनि यहाँहरुले चुनाब जितेर आउनसाथ नारा, जुलुुस, अभिव्यक्ति, अवशब्द, अपमान, आरोप, प्रत्यारोप गर्ने पर्दैन नि होइन ?
यता भने मुर्खहरु बौलाउदैछन्, सज्जनहरु मुक दर्सक छन्, पढा–लेखाहरु पर्ख र हेरौमा छन्, जनताहरु रण भुल्लमा छन् , सरकार रक्षात्मक हिसाबमा छ, प्रतिपक्ष अरुका नाराहरुमा कुदीरहेको छ, बाँकी स–साना पार्टीहरु आफ्नै रक्षाको निम्ति आफ्नो अस्तित्वको खोजिमा लागिरहेका छन् तराई बासिहरु २ न प्रदेश नै हाम्रो अन्तिम् लक्ष्य हो भन्दै रमाइरहेका छन।आफैभित्र सानो र ठूलो, राम्रो र नराम्राको आरोप प्रत्यारोप मै रमाई जय भारतको नारामा लागिरहेकाछन् । हिजो एकाधिकार ढङ्गले लुट्न पल्किएका पंचहरु ज्ञानेन्द्र शाहको दुहा दिँदै बहुदल गणतन्त्र भनेको मनपरी तन्त्र हो यहाँ जसले, जसलाई जे गरे पनि हुन्छ भनि सत्तोसराप गर्दै अपशब्दहरु प्रयोग गरि बाटाहरुमा कुर्लन व्यस्त छन् भने केही तिनै अपराधीहरुलाई यो सरकारले छोएर त हेरोस् हामीहरु देखाइदिन्छौ भन्दै डुक्रीन व्यस्त छन्, अव जंगलीहरु को त कुरै नगरौ लुट्नु, भुट्नु, कुट्नु, काट्नु, मार्नु त उहाँहरुको धर्म नै हो ।
अब यसै बिचमा श्रोताहरुले भने बुझ्ने बेला आएको छ किनकी सत्य छोपेर छोपीदैन, ६० वर्ष देखि आजसम्म गर्न नसकेका कार्यहरु आजको आजै किन भएनने भन्नु, १०–१५ वर्ष अघि देखि दिएका ठेक्का पट्टाहरु आज आएर यो दुई वर्ष भित्रमा पनि किन नगरेको भन्नु ? अनि ३० औं वर्ष देखि भ्रष्ट्रचार, दुराचारा, अनैतिक, अन्यााय, अत्याचारमा चुर्लुम्म डुबेको त्यो सरकार यो दुई-दुई वर्ष भित्रमा पनि किन सचिन सकेन भन्दै यो सरकारको असफलता हो भनेर कुर्लने प्रतिपक्षहरु के यो आफ्नो जिउको भैसी नदेख्नेले अर्काको जिउको जुम्रा देखे जस्तो भो , होइन र ?
अनि मित्र यो सरकार भने दुधले धोएको, अग्रगामी छलाङ्ग मारी हालेको, कुनै दोषै नभएको भ्रष्टचार, दुराचारबाट परै रहेको, सबैका ईच्छा आकांक्षाहरु पुरागरी सकेको छ भनि भन्न खोजिएको लाग्छ भने त्यो पटक्कै होइन तर १० औ २० औ, ३० औ वर्ष भित्र पनि गर्न नसकेका कार्यहरुको खोजी २ वर्ष भित्रमा पनि किन गर्न सकिएन त भन्ने प्रसंगमा मात्रै मैले यो कुरा उठाएको हुँ ।
त्यसैले आरोप–प्रत्यारोप छोडौं, विधि, पद्घतीमा जाउ, स्वस्थ आलोचना गरौं, पाँच वर्षमा पनि केही वर्ष बितीसके अब बाँकी केही वर्ष मात्र छ, कमि कमजोरीको पाटोको कोट्याउदै स्वस्थ्य प्रतिस्पर्धामा उत्रदा नउत्रदै यि वर्षहरु पनि बितिसकेका हुनेछन । त्यसपछि त काम गर्ने अगाडी काम नगर्ने पछाडि भईहालिन्छ नि होईन ? बाटोको खेती गर्नेहरुलेपनि संघ संघठन बनाऊ, जनताहरुलाई आफुहरु सहि र अरु गलत छन् है भन्ने कुरा प्रष्ट पारौ, जनताको प्यारो भए हामि सबैको प्यारो भईन्छ नत्रभने के हुन्छ भन्न सकिन्न । नभए फेरी हाम्रो उही बाटैमै भेटहोला । अरुहरुलाई लगाएको आरोप पछी आफै तिर फर्केका दिन त्यो दिन हेर्न लायक होला ल है मित्र हो आजलाई बिदा पाँउ ।