स्कुल पढ्ने छोरी दुब्लाउँदै गएपछि अस्पतालमा भर्ना, रिपोर्ट देख्दा आमा बेहोस…

अनलाइन दर्पण 2019-09-16
img

 पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन्।

आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने।
साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो । उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन् । किशोरीका अनुसार गाउँकै केही युवकले ला’गूपदा’र्थको सप्लाइ गर्छन् ।

उनले ती केटाहरुलाई चिन्दिनन् किनकि यो नशा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् । यसैले आज उनको हालत यस्तो भएको छ।-एजेन्सी। 

सम्बन्धित समाचार

Advertisement