सल्यानमा घुस रकम सहित इकाई प्रमुख रंगेहात पक्राउ

अनलाइन दर्पण 2019-06-25
img

सल्यान । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धन बहादुर ओली घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । उनि २५ हजार नगद रुपैँया घुस लिएको रकम सहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले शाखा अधिकृत ओलीलाई घुस रकम लिएकोे अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

शिक्षक सरुवाको सहजिकरण गरेवापत एक सेवाग्राहिसँग घुस लिदै गरेको अवस्थामा उनि पक्राउ परेका हुन ।

ओली गएको वैशाख ११ गते देखि सल्यानमा इकाई प्रमुखको रुपमा कार्यरत थिए ।

सम्बन्धित समाचार

Advertisement