भीमेश्वर नगरपालिका क्षेत्रमा पुनः नापी हुने

अनलाइन दर्पण 2019-06-25
img

दाेलखा । भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ । लालपुर्जा र नक्सामा भएको जग्गाको क्षेत्रफल फिल्डमा नहुने समस्याबाट आजित नगरवासीका लागि पुनः नापी सगै यो समस्या अब दीर्घकालीन रुपमा समाधान हुने भएकाे छ। द्वन्द्वको समयमा क्षति भएको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले सङ्घीय सरकारसँग समन्वय गरी पुनः नापी गरिने आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उक्त नगरपालिकाले सो जानकारी दिएको हो ।  

नगरभित्रको सार्वजनिक र खुला क्षेत्र संरक्षण गर्न पनि नक्सा अद्यावधिक गर्नुपरेको बताउँदै नगरप्रमुख भरत केसीले भने, ‘नागरिकले आफ्नो सम्पत्ति सहजरुपमा रक्षा गर्न सकून् भन्ने उद्देश्यले नै यो योजना ल्याइएको हो ।’

सदरमुकाम चरिकोट र आसपासमा रहेका जग्गा खरीद बिक्री गर्दा धेरै समस्या भएको गुनासो आएकाले सोहीअनुसार  नगरपालिकाले नागरिकको समस्या समाधान गर्न यो योजना अघि बढाएको उनले जानकारी दिए ।  

‘विसं २०४९ मा नगर क्षेत्रको नापी भएको थियो । २०/२० वर्ष पछि पुनः नापी गर्ने सरकारको नियम भए पनि हालसम्म नापी हुन नसकेकामा नगरपालिकाले जनपक्षीय निर्णय गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

Advertisement