विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई मन्त्री मगरको आग्रह

अनलाइन दर्पण 2019-06-25
img

कञ्चनपुर, १० असार । खानेपानीमन्त्री बिना मगरले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरेकी छन् ।

मंगलबार कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मन्त्री मगरले सक्नुहुन्छ भने साथ दिन र होइन भने अवरोध नगर्न आग्रह समेत गरेकी छन ।

उनले भनिन्, ‘यहाँ विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भईरहेको छ । प्रतिपक्षी दलले यो सब बन्द गरोस् ।’ उनले भनिन्, ‘कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि अवरोध कसैले सृजना गर्छ भने त्यो सह्य हुँदैन ।

नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ लाई नमुना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउदै उनले भनिन, ‘नगरको दिगो विकास गर्दै यस क्षेत्रमा सबै प्रकारका विभेद अन्त्य गर्ने, भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी बनाउने योजना छ । यहाँका नागरिकलाई सबल र आत्मनिर्भर बनाउँदै लगिने र यसका लागि बेलौरी नगरपालिकाका नेतृत्वहरुको पूर्ण सहयोग चाहिन्छ ।’

सम्बन्धित समाचार

Advertisement