पाँचथर हत्या अपडेट : संदिग्ध मानिएका ज्वाइँले गरे ‘आत्महत्या’

अनलाइन दर्पण 2019-05-21
img

पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उक्त घटनाको अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । उनको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । उनको ‘श्रीमतीले पनि उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताउदै उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’

गएराति भएको घटनामा ९ जनको हत्या भएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

उक्त घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ ।

मृतक सबैको पहिचान खुल्यो नामसहित

 मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति हत्या गरिएका ९ जनाकै पहिचान खुलेको छ । सोमबार राति भएको घटनाको बारेमा वाडाध्यक्ष हस्तराज फियाकका अनुसार स्थानीय धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको हत्या भएको र हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय रवि र दशमी चौकीको टोली सुरुमा घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको र त्यहाँ माथिल्लो घर ज्वाईंको र तल्लो घर ससुराको छ । ज्वाईंको घरमा पाँच जनाको हत्या भएको छ, ससुराको घरमा चार जनाको हत्या भएको छ । यी दुई घरको दुरी करिब २ किलोमिटर छ । दुवै परिवारको आर्थिक अवस्था मध्यम खालको छ ।

१२ वर्षकी एक बालिका सीता खजुम बाँच्न सफल भएकी छन् । उनको हात भाँचिएको छ । प्रहरीले उनलाई उपचारका लागि गाडीमा राखेर फिदिम पठाएको छ । उनले भनेअनुसार मुकुन्डो लगाएर आएकाले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

सम्बन्धित समाचार

Advertisement