सांसद बस्नेतद्वारा एकै दिनमा दुई ट्रष्ट पुलको शिलान्यास

अनलाइन दर्पण 2019-05-17
img

भक्तपुर, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले आज एकै दिनमा दुईवटा ट्रष्ट पुलको शिलान्यास भएको छ ।

डोलिडारको PVSU बाट विनियोजित मध्यपुर थिमी नगरपालिकाको राधेराधेबाट कटुञ्जे जस्टिक तजटोल जाने हनुमन्ते खोलाको रु ३५ लाखको लागत र सूर्यविनायक नगरपालिका वडा नं. ९ खत्री गाँउ पारिबारीबाट वडा कार्यालय जाने डोके खोलामा रू ३० लाखको लागतमा दुई वटा ट्रष्ट पुलको शिलान्यास गरिएको छ । उक्त दुईवटै फलामे ट्रष्ट दुई महिना भित्र निर्माण सम्पन्न गर्नेगरि सम्पन्न गर्नेगरी शिलान्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकास र समृद्धि अहिलेको मानव जीवनको अपरिहार्यता रहेको बताउँदै आगामी दिनमा भक्तपुरका कोही पनि जनता विकासबाट टाढा हुनुनपर्ने तथा हुन नसक्ने बताउनुभयो । भक्तपुरको विकासले एक कदम अघि मात्र बढेको नभई विकासमा दैडिएको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्दै आउने दिनको शुरुवात भएको बताउँदै भक्तपुरमा आएका विकासका योजनामा सवैको साथ र सहयोग नै जनताको घर दैलोबाट विकास देख्न थालिएको बताउनुभयो ।

भक्तपुरलाई देशकै नमुना जिल्लाको रुपमा विकसित गराउन राष्ट्रिय गौरवका आयोजनालाई विशेष ध्यानपूर्वक अघि बढ्नुपर्ने बताउँदै सांसद बस्नेतले स्मार्ट सिटी, आधुनिक वीर अस्पताल, सभागृह, प्राणी उद्यान, रंगशाला लगायतका ठूला आयोजना सफलता पूर्वक सम्पन्न गराउनु नै भक्तपुरका जनताको भाग्य र भविष्य भएको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु सफलतापूर्वक सम्पन्न गराउन सवै राजनीतिक दल तथा स्थानीयवासीको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

सांसद बस्नेतले भक्तपुरले शिक्षा, स्वास्थ्य, यातायात, सडक, पुल, खानेपानी, हनुमन्ते र मनोहरा करिडोरको निर्माण कार्य तिव्रताका साथ अघि बढिरहेको बताउँदै करिडोरलाई वहुवर्षिय आयोजनामा पार्न सफल भएको समेत जानकारी गराउनुभयो । उक्त दुई करिडोर निर्माणसँगै कोटेश्वर – जडिवुटीको सवारी जामको समस्या स्थायी रुपमा समाधान हुने बताउनुभयो ।

सम्बन्धित समाचार

Advertisement