एउटै चकलेटकाे मूल्य १० लाख रुपैयाँ, अाखिर के बाट बनेकाे छ त यस्ताे महँगो चकलेट

अनलाइन दर्पण 2018-03-25
img

यो संसारमा महँगो चिजवस्तु किन्न चाहनेका लागि पैसा खर्च गर्ने ठाउँको अभाव छैन । दुनियाँमा एउटा यस्तो चकलेट उत्पादन भएको छ जसको मूल्य झण्डै १० लाख रुपैयाँ पर्दछ ।

पोर्चुगलको ओबिडोसमा भएको चकलेट मेलामा दुनियाँकै सबैभन्दा महँगो चकलेट हालै प्रदर्शन गरिएको छ । उक्त चकलेटको मूल्य ७७ सय २८ युरो अर्थात् झण्डै १० लाख रुपैयाँ तोकिएको छ ।

आखिर खाएर सकिने एउटा मामूली चकलेटको मूल्य लाखौँ रुपैयाँ कसरी पर्नसक्दछ ? यसको कारण हो, यो चकलेटको खोल, जुन सुनबाट बनेको छ ।

चकलेटमा सुनको खोल छ । उक्त सुनको खोल खान मिल्ने सुन हो ।

यो चकलेट जम्मा १ हजारवटा उत्पादन गरिएकोमा एउटा मात्र प्रदर्शनीमा राखिएको थियो ।

चकलेटमा स्याफ्रोनका रेशाको भरण रहेको छ भने मडागास्करको भ्यानिल्ला र गोल्ड फ्लेक पनि छ ।

प्रदर्शनीमा यो चकलेटको सुरक्षार्थ दुईजना हतियारधारी गार्डहरु खटाइएको थियो ।

यो चकलेटको सिर्जना पोर्चुगिस चकलेट उत्पादक डानियल गोमेजले गरेका हुन् ।

यो चकलेटले विश्वको सबैभन्दा महँगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन पनि सफल भएको छ ।

यसअघि गत वर्ष डेनिस चकलेट निर्माता फ्रित्ज निप्सकिल्डिटले तयार गरेको अढाई सय डलर मूल्यको चकलेट विश्वको सबैभन्दा महँगो चकलेटको रुपमा रहेको थियो । त्यसलाई ५ हजार क्रिस्टलले सजाइएको थियो ।-एजेन्सी

सम्बन्धित समाचार

Advertisement