ठिमीस्थित मुक्तिनाथ बिकास बैंकको लापरवाहीका कारण जरिवाना र जेल सजाय

अनलाइन दर्पण 2023-12-29
img

मध्यपुर थिमि, १३ पुस २०८०

ठिमीस्थित मुक्तिनाथ बिकास बैंकको लापरवाहीका कारण एक व्यक्ति पिडित बनेका छन् । असम्बन्धित व्यक्तिले मुक्तिनाथ बिकास बैंकमा खाता खोली चेक दिंदै फरार भएपछि जनकपुरका सन्तोष सिंह दनुवार फन्दामा परेका हुन् ।

एक व्यक्तिले चेक बाउन्सको मुद्दा हालेपछि उच्च अदालत पाटनले दनुवारलाई २ लाख पच्चीस हजार जरिवाना र जेल सजायको फैसला गरेपछि उनी कानुनी फन्दामा परेका छन् । जनकपुरका एम्बुलेन्स चालक दनुवारले आफूले ठिमीस्थित मुक्तिनाथ बिकास बैंकमा खाता नै नखोलेको जिकिर गरेका छन् । खाता नै नखोलेको बैंकमा चेक बाउन्सको कुरा नपत्याएका दनुवार प्रहरीले पक्राउ पूर्जी नै जारी गरेपछि भने न्यायको लागि भौतारिका छन् ।

बिदेश जाने मनसायले म्यान पावर कम्पनीको एजेन्टलाई आफूले आफ्ना कागजपत्र दिएको तर उसले हराइदिएपछि प्रतिलिपि लिएको जानकारी गराउदै दनुवारले आफ्नो हराएको नागरिकता दुरुपयोग गरी खाता खोलिएको आशंका गरेका छन् । यसमा बैंकको कर्मचारीको समेत मिलेमतो रहेको उनको आरोप छ । बैंकले आफ्नो कुरै सुन्न इन्कार गरेकोप्रति उनले दुख व्यक्त गरेका छन् ।

ठिमीस्थित मुक्तिनाथ बिकास बैंकले भने नागरिकता लिएर आएपछि खाता खोलिदिएको दावी गरेको छ । नागरिकताको फोटो र पछिको फोटो प्राय मानिसको फरक पर्ने भएकाले झुक्किएको हुनसक्ने भएपनि आफूहरुको नियतमा कुनै खोट नभएको बैंकले जिकिर गरेको छ । चेक बाउन्सको मुद्दा दायर गर्ने बिकेन श्रेष्ठले भने दनुवारले आफूलाई चेक नदिएको पुष्टि गरिसकेका छन् । कुमारी पाटीस्थित रक्सि पसलका संचालकले आफूलाई सन्तोष सिंह दनुवार बताउने गरेका र उनैले दिेएको चेक बाउन्स भएको उनको भनाइ छ । उक्त रक्सी पसल बन्द भैसकेको बताइएको छ ।

सम्बन्धित समाचार

Advertisement