सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइन दर्पण 2024-01-03
img

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

इन्स्योरेन्सले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर पनि वितरण गर्ने निर्णय गरेको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

सम्बन्धित समाचार

Advertisement