चैत्र २२ काठमाडौं दोलखाको कालिञ्चोक गाउँपालिका १ तारेभिरकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार बिहान भैंसेको भिरमा घाँस काट्दै गर्दा कालिञ्चोक गाउँपालिका १ तारेभिरकी १७ वर्षीया चिनिमायाँ तामाङको मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए ।