जिप दुर्घटनामा ग्लोबल आईएमई बैंकका प्रमुखसहित २ को मृत्यु

अनलाइन दर्पण 2018-05-05
img

बर्दिया , २२ वैशाख । बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । जिप दुर्घटना ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त छन् । इलाका प्रहरी कार्यालय बाँसगढीका अनुसार पछाडिको पांग्रा फुस्किएर जिप दुर्घटनामा परेको थियो ।

सम्बन्धित समाचार

Advertisement