भक्तपुर - मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । केहीबेर अगाडि अज्ञात समूहले मेयर श्रेष्ठलाई उनकै गठ्ठाघरस्थित घर अगाडि आक्रमण गरेको नेकपा एमाले भक्तपुरका कार्यवहाक अध्यक्ष वचन देउजाले जानकारी दिएका छन् । उनी चढेको बा ८ च ८७२० नम्बरको गाडीसमेत तोडफोड भएको छ। गाडीका सिसाहरु फुटेका छन्। गाडीमा तोडफोड गरि आक्रमण गर्दा उनको हात र खुट्टामा चोट लागेको छ । तीन जनाको समुहमा आएका उनीहरुले श्रेष्ठसंग एकजनाले कुरा गर्न लागेजस्तो गरि अर्को व्यक्तिले आक्रमण गरेको स्थानीयवासी प्रदीप रुपाखेतीले बताएका छन् ।

आक्रमण लगतै घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएको छ;भने उनको अवस्था सामान्य रहेको छ घटनास्थलमा अहिले प्रहरीको बाक्लो उपस्थिती रहेको र आक्रमण गर्ने व्यक्तिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।