जागिरकाे खोजीमा हुनुहुन्छ ? खुल्यो रोजगारीको सूचना दिने सरकारी वेबसाइट

अनलाइन दर्पण 2017-08-26
img

काठमाडौं, १० भदौ। के तपाइ जागीरको खोजीमा हुनुहुन्छ, यदि त्यसो हो भने अब आफ्नो लागि आवश्यक जागीर  सरकारी वेबसाइटमै गएर पनि खोज्न सकिने भएको छ । सरकारले युवालाई रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np  वेबसाइट सञ्चालनमा ल्याएको छ ।

 वेबसाइटमा विभिन्न पदहरुमा माग भएका भ्याकेन्सी नोटिस राखिएको छ । आफ्नो योग्यता पुग्ने पदमा कहाँ जागरि खुलेको छ भन्ने थाहा पाउन यो साइट उपयोगी हुनेछ । उपयुक्त पदमा आवेदन गर्न यसले सूचना र सहायता प्रदान गर्छ ।

विभिन्न दातृ निकायको सहयोगमा सरकारले यो वेबसाइट सुरु गरेको हो । बेरोजगारहरुको लगत संकलन गरि श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्न, रोजगारीको क्षेत्र तथा अवसरहरु खोजी गर्न, बजार सम्बन्धी सूचनाहरु विद्युतीय मध्यमबाट समेत प्रबाह गरी श्रम बजार सूचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउन यो प्रभावकारी हुने विश्वास गरिएको छ ।

यसअगी विभिन्न निजी क्षेत्रका कम्पनीले रोजगारीको सूचना दिन साइटहरु चलाइरहेका थिए अब भने सरकारी तवरबाटै यस्तो सुरु प्रयास भएको छ ।

सम्बन्धित समाचार