काठमाडौं, ३ भदाै । नेपाली एपीवान टेलिभिजनकाे प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिता सुक्रवार उत्कृष्ट ६ बाट सुरज थापा बाहिरिए सँगै उत्कृष्ट ५ मा पुगेकाे छ ।
राजधानीबाट अडिसन दिएका नेपालगन्जका सुरज थापाले नेपाल आइडलमा उत्कृष्ट छ सम्मको यात्रा तय गरेका थिए । आधुनिक र सेन्टिमेन्टल गीत गाउन मन पराउँने ३० वर्षीय थापा अत्यन्तै भर्सटायल गाएक भएकाे जजहरुले वताउदै अाएका थिए ।
उनी बाहिरीदा नेपाल आईडलको स्टेज केही समय स्तब्ध भएको थियो कसैको पनि आसु नथामिएपछी जजहरुकाे पनि रुवावासी भएकाे थियाे । तर सुरजले नेपाल आइडको टिमलाई धन्यबाद दिदै खुसी साथ बाहिरीएका छन् ।
पहिलो नेपाल आइडलको उपाधि विजेता चयन नहुँदै दोस्रो सिजनको तयारीमा लाग्नेहरू हजारौं छन् । नेपाल आइडलमा अब ललितपुरका २२ वर्षीय प्रदाप दास, बुटवलकी २१ वर्षीया सुजाता पाण्डेय, मोरङका २१ वर्षीय निशान भट्टराई, चितवनका २० वर्षीय सागर आलेमगर र पोखराका २० वर्षीय बुुद्ध लामा उत्कृष्ट पाँचमा पर्न सफल भएका छन्।
भिडियाे हेर्नुहाेस