प्रचण्ड र विप्लवकाे पार्टी वीच झडप, झडप पछी प्रहरीकाे हस्तछेप

अनलाइन दर्पण 2017-08-18
img

धनुषा, २ भदौं । धनुषाको बर्मझियामा सहिद रामवृक्ष यादवकाे सम्झनामा नेपाल कम्यूनिष्ट पार्टीले अायाेजना गरेकाे स्मृती सभामा माअाेवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले गुन्डागर्दी शैलीमा एक्कासी आएर हमला गरेकाे छ ।

घट्ना पस्चात माकेका नेता मातृका यादवको ठाडो निद्रेशनमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएकाे अनलाइन दर्पणसँग कुरा गर्दै नेकपाका एक नेताले वताउनु भयाे ।

पक्राउ पर्नेमा नेकपाका केन्द्रीय सदस्य एवं जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य देवनारायनण शाह, जनकपुर ब्युरो कार्यालय सचिव राजु कार्की, प्रेमप्रकाश ओली, लक्ष्मण पौडेल र आइडिएल रहेकाे छ । 

अनलाइन दर्पणसँग कुरा गर्दै उहाले भन्न्भयाे, "स्थिति तनावपूर्ण हुने भएपछि नेकपाले बर्मझीया भन्दा १ किलो मिटर टाढाको दुरीमा कार्यक्रम सारेको थियो । तर नेकपाको राजनैतिक प्रभावदेखी अत्तालीएका माकेका मातृका यादवसहितका केही गुण्डा र कार्यकर्ताहरुले सत्ताको आडमा बल प्रयोग गरी अराजक शैलीमा नेकपाका नेता–कार्यकर्ताहरुलाई पक्राउ गराएका छन् ।" 

प्रहरीले दुवै पक्षले मिलेर कार्यक्रम गर्नुहोस भनेर मध्यस्तकर्ताको भूमिका निभाउन खोजेको भएपनि राज्य प्रशासनलाई दुरुपयोग गर्दै मात्रृका यादवको ठाडो निर्देशनमा नेकपाका नेता कार्यकर्तामाथि आक्रमण, धरपकट र गिरफतार गरिएको र शान्तिपूर्ण शहिद स्मृति सभा गर्न लागिरहेको बेला माकेद्वारा यसरी आक्रमण गरिनुले पञ्चायती ब्यवस्थालाई समेत उछिनेर निरङकुश राणा शासनको झल्को दिएको उहाले वताउनु भयाे ।

गिरफ्तार गरिएका नेकपाका नेता–कार्यकर्ताहरुलाई धनुषाको इलाका प्रहरी कार्यालय सवैला हिरासतमा राखिएको खबर छ ।

 

सम्बन्धित समाचार