काठमाडौं, ३० साउन । निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले अविरल बर्षका कारण देशको विभिन्न भागमा भएको बाढी पहिरो पिडीतलाई तत्काल ५ करोड रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गर्ने भएको छ ।
आज बिहान बसेको प्याब्सन केन्द्रीय सचिबालयको बैठकले एक हप्ताभित्र सहयोग संकलन गरि वितरण गर्ने निर्णय गरेको हो । बैठकले बरिष्ठ उपाध्यक्ष डीके ढुंगानाको संयोजकत्वमा प्याब्सन प्राकृतिक प्रकोप तथा राहत समिति समेत गठन गरेको छ ।
त्यसैगरी बैठकले बाढी पहिरोबाट घरबारबिहीन भएका र अभिभावक गुमाएका बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।