काठमाडौं, जेष्ठ २५ । प्रचण्ड सरकारमा रहदा उर्जा मन्त्री भर्इ लाेड सेडिङ हटाएर चर्चा कमाएका मन्त्री जनार्दन शर्माले यसपटक भने गृह मन्त्रालय सम्हाल्ने माैका पाउनु भएकाे छ ।
शर्मा माअाेवादी जनयुद्धकालकाे जनमुक्ती सेनाकाे कमाण्डर भर्इ सैन्य अभ्यासमा पाेक्त हुनुभएकाे कारण पनि गृहमन्त्रालय हाक्न सहजहुने विज्ञहरु बताउँछन् ।
देशमा दशकाै देखी भर्इरहेकाे विद्धुत चुहावट अन्त्य गर्नुकाे साथै नेपालकाे पानी जनताकाे लगानी जस्ता अत्यन्तै लाभ मुलक याेजना तय गरेर सफलता र चर्चा कमाउनुभएका शर्माले गृहमन्त्रालय कसरी हाक्नुहुन्छ ? त्याे भने हेर्न बाँकी छ ।
उता नेपाली कांग्रेसका युवा नेता तथा प्रचण्डले नेतृत्व गर्नुभएकाे सरकारमा स्वास्थ्य मन्त्रालय सम्हाल्नुहुने गगन थापा भने ८ सदस्यीय मन्त्रीमण्डलमा नाम भेटिएकाे छैन ।
यस्तो छ मन्त्रिमण्डल:
शेरबहादुर देउवा, प्रधानमन्त्री
विजयकुमार गच्छदार, उपप्रधान तथा स्थानीय
कृष्णबहादुर महरा, उपप्रधान तथा परराष्ट्र
गोपालमान श्रेष्ठ, उपप्रधान तथा शिक्षा
ज्ञानेन्द्रबहादुर कार्की, अर्थ
फरमुल्लाह मन्सुर, श्रम तथा रोजगार
जनार्दन शर्मा, गृह
प्रभु साह, विनाविभागीय