बंगलादेश । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सोमबार सुनाइएको मृत्युदण्डको फैसलाप्रति बंगलादेशभित्र र विदेशमा रहेका १०२ पत्रकारले कडा आपत्ति जनाएका छन्।
साझा विज्ञप्ति जारी गर्दै उनीहरूले फैसला पर्याप्त प्रमाण वा न्यायिक प्रक्रियाको पूर्णता बिना नै प्रारम्भिक चरणमै सुनाइनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। विज्ञप्तिमा बाह्य निर्देश वा राजनीतिक दबाबको झल्को देखिने प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष न्यायका लागि खतरा रहेको उल्लेख छ।
पत्रकार मात्र होइन, पूर्वप्रधानमन्त्री हसिनाको दल अवामी लिगका कार्यकर्ता तथा समर्थकहरूले पनि मंगलबार विश्वभर प्रदर्शन गर्दै मृत्युदण्डको निर्णयको विरोध जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।